Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षामा स्थायी पनि सहभागी ! परीक्षा रद्ध

बुधबार, २३ साउन २०७५

भक्तपुर - यस अघि नै स्थायी भएर पनि अस्थायी शिक्षकको परीक्षामा सहभागि भएका ५३ जनाको परीक्षा शिक्षक सेवा आयोगले रद्ध गरेको छ । निम्न माध्यमिक तहमा स्थायी नियुक्ति लिईसकेका 'केही शिक्षक'ले गत असार २९ गते सम्पन्न कार्यरत अस्थायी शिक्षकहरु मात्रै सहभागी हुन पाउने माध्यमिक तहको परीक्षामा सहभागी भएको फेला परेपछि पहिलो चरणमा उनीहरुको परीक्षा रद्ध गरिएको आयोगका अध्यक्ष ताना गौतमले बताए । 

एक तह बढुवा हुने उपयुक्त मौका ठानेर निमाविमा स्थायी भईसक्दा पनि केही शिक्षकले माविमा स्थायी हुने लोभमा प्रतिस्पर्धामा भाग लिएको फेला परेपछि आयोगले उनीहरुको परीक्षा नै रद्ध गर्ने निर्णय गरेको हो ।

यस्ता शिक्षकका विरुद्धमा आयोगमा पर्न आएको उजुरी उपर छानविन गरेको र फेला परेका त्यस्ता परीक्षार्थी कानूनी रुपमै अयोग्य हुने भएकाले उनीहरुको परीक्षा रद्ध गर्ने निर्णय गरेको उनले बताए । 

'यो परीक्षा भनेको अस्थायी शिक्षकका लागि ऐनले तोकेको आधारमा लिईएको हो, यसमा सहभागी हुन जाँच दिदाँका बखतमा अस्थायी  शिक्षककै रुपमा कार्यरत भएको हुनु पर्यो' उनले भने 'परीक्षा अगावै आयोगले त्यस्ता शिक्षकको परीक्षा रद्ध हुने भनिसक्दा पनि अटेर गरेर झुक्याउन सकिन्छ की भन्ने ठानेकाहरु सहभागी भएका थिए होलान् हामीले पत्ता लगायौं ।'

यस्ता शिक्षकको संख्या अरु पनि हुन सक्ने अनुमान गरेर आयोगले थप मिहिन तरिकाले उत्तर पुस्तिका छानविन गरेको गौतमले बताए । यसरी परीक्षा रद्ध गरिएका पदहरुमा प्रतिस्पर्धा साँघुरो हुने छ । अहिले रद्ध भएकाहरुले खुल्लामा भने माविमा प्रतिस्पर्धा गर्न सक्ने छन् ।  

प्रतिक्रिया