Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

शिक्षक आयोगको परीक्षा केन्द्र जिल्लामै तोक्न संसदमा माग

बुधबार, ३० साउन २०७५

काठमाडौं - शिक्षक सेवा आयोगको खुल्ला विज्ञापनको परीक्षा केन्द्र जिल्लामै तोक्न माग गर्दै सांसद रंगमति शाहीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।  

बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद शाहीले नेपालगञ्जमा परीक्षा केन्द्र निर्धारण गर्दा हुम्ला र डोल्पाका परीक्षार्थी परिक्षाबाट बञ्चित हुने निश्चित भएको बताउँदै जिल्लामै केन्द्र राख्न माग गरेकी हुन् । 

अधिकाँश विद्यार्थी आर्थिक कमजोर भएका कारण र हवाई टिकट नपाउने भएकाले विशेष गरी हुम्ला र डोल्पाका परीक्षार्थी परिक्षाबाट बञ्चित हुने निश्चित देखिन्छ उनले भनिन् जिल्लामै परीक्षा केन्द्र तोकिने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्छु  ।  

आयोगको परीक्षाका लागि हुम्लाबाट मात्रै ६ सय ७१ ले फारम भरेका छन् । उक्त विज्ञापन अन्र्तगत माविको परीक्षा असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते हुने छ ।

परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन भन्दै शिक्षक सेवा आयोगले एक जिल्लाका परीक्षार्थीलाई अर्कै जिल्लाबाट परीक्षा दिलाउने गरी तयारी थालेको छ ।

यो पढ्नुहोस् : शिक्षक आयोगको परीक्षामा 'होम सेण्टर' नहुने, झण्डै हजार परीक्षा केन्द्र आवश्यक

 

प्रतिक्रिया