Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

अर्को बर्ष साक्षर, त्यस पछि शिक्षित नेपाल !

आइतबार, २८ असोज २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अर्को बर्ष साक्षर नेपाल र त्यसपछि शिक्षित नेपाल निर्माणको प्रकृयामा अघि बढ्ने घोषणा गरेका छन् । गैह्र आवासीय नेपालीहरुको संगठन गैरआवासीय नेपाल संघको आयोजनामा काठमाडौंमा भएको ग्लोबल ज्ञान सीप सम्मेलन अन्र्तगत शनिवारको सत्रमा आफ्ना धारणा राख्दै उनले यस अभियानमा सघाउन गैह्र आवासीय नेपालीलाई आह्वान समेत गरे । 

आफ्ना धारणाको अन्त्यमा ब्यक्त उक्त शिक्षित नेपालको अवधारणाका बारेमा भने उनले प्रष्ट पारेनन् । तर, यस बर्ष भर्ना अभियान शुरु हुनु अघि विद्यालय बाहिर रहेका ३ लाख १३ हजार मध्ये २ लाख ५३ हजार बालबालिका विद्यालय भित्र आईसकेको उल्लेख गर्दै पोखरेलले बाँकी रहेका ६० हजारलाई विद्यालय भित्र्याउने काममा सघाउन आग्रह भने गरे । 

'हिजो एनआरएन साथीहरुले आआफ्ना ठाउँबाट भूमिका खेल्नु भएको थियो, हिजो स्थानीय सरकार थिएन, हामीसँग सरकारको काम गर्ने डेक्स थिएन । तर, फेरी तपाई देशको लागि यो साक्षरता अभियानमा या स्कुल बाहिर भएका केटाकेटिलाई स्कुलमा ल्याउने अभियानमा गााँसिन चाहनुहुन्छ भने हिजो भन्दा भिन्न अवस्था रहेको छ' सम्बोधनका क्रममा उनले भने, 'हामीसँग डेक्स छ, हामीसँग लिडरसीप छ हामीसँग योजना छ यो योजनावद्धता सँग गासिएर मात्रै एनआरएनका तर्फबाट खेलिएको भूमिका बढी उपयोगी र सफल हुन्छ ।'

आफ्नो सम्बोधनका क्रममा उनले शिक्षा सुधारका लागि मन्त्रालय सम्हालेपछि आफूले अघि सारेका मार्ग चित्र र योजनाका बारेमा पनि ब्याख्या गरेका थिए । सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र र सुखी नेपालीको विकासका लागि आफ्नो मन्त्रालयले कार्य गरिरहेको उनको दावी  थियो । राज्यले लिएको उक्त दृष्टिकोणका लागि शुसासन र विज्ञान प्रविधिको विकास र आत्मसात आवश्यक रहेकोले आफ्ना कृयाकलाप र कार्यक्रम त्यही दिशा तर्फ केन्द्रित रहेको उनको दावी थियो । 

विज्ञान तथा प्रविधि क्षेत्र प्रति सरकारको अवधारणा र योजनामा एनआरएनको सहकार्यबारे छलफल गर्न सम्मेलन अन्र्तगत निर्धारण गरिएको फष्ट एनआरएन ग्लोवल ज्ञान सीप सम्मेलनको शनिबारको सत्र मन्त्री पोखरेलको अध्यक्षतमा भएको थियो । उक्त अवसरमा उनले विज्ञान र प्रविधिको विकास र विस्तारका लागि सरकारले अघि सारेका अवधारणा र नीतगत ब्यवस्थाका बारेमा लामो ब्याख्या गरेका थिए ।   

 

प्रतिक्रिया