Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

त्रिवि गर्भनिङ वोर्डमा

सोमबार, २६ कार्तिक २०७५

काठमाडौ - त्रिभुवन विश्वविद्यालय ‘वेल्ट एण्ड रोड’ अन्र्तराष्ट्रिय विज्ञान संघको गर्भनिङ वोर्डमा निर्वाचित भएको छ । गएको कात्तिक १७ देखि १९ गते सम्म चीनको राजधानी बेइजिङ स्थित पैचिङमा आयोजित संघको सम्मेलनले त्रिविलाई गर्भनिङ वोर्डमा निर्वाचित गरेको हो ।  

संघले वेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्ञिक उन्नयन, वैज्ञानिक एवं सिर्जनशिल अनुसन्धानको क्षेत्रमा सहयोगको आदान÷प्रदान गर्ने छ । सूचना तथा प्रविधिको आदान÷प्रदान, वैज्ञानिक सहयोगको नेतृत्व, विज्ञान तथा प्रविधिको विकासका लागी सरकार र नीति निर्मातालाई सुझाव, भुमण्डलीय एवं महत्वपूर्ण क्षेत्रीय विषयहरुमा संयुक्त अनुसन्धानलाई संघले प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ । 

उक्त सम्मेलनमा त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल सहभागि रहेको त्रिविले जनाएको छ । 

सम्मेलनमा वेल्ट एण्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठानहरु सहभागि थिए । चीनका सह प्रधानमन्त्री लिऊ ह ले उद्घाटन गरेको उक्त सम्मेलनले वेल्ट एण्ड रोड अन्र्तराष्ट्रिय विज्ञान संघको विधान समेत पास गरेको जनाईएको छ । 

३७ वटा संस्थापक सदस्यहरु मध्ये ९ वटा प्राज्ञिक एवम् वैज्ञानिक संस्था गभर्निङ वोर्डमा छनौट भएका छन् । पहिलो २ वर्षे कार्यकालको लागी चाइनिज एकेडेमी अफ साइन्सेस अध्यक्षमा चयन भएको छ भने रसियन एकेडेमी अफ आइसेन्स र पाकिस्तान एकेडेमी अफ साइसेन्स सहअध्यक्षको रुपमा चयन भएका छन् । वेल्ट एण्ड रोड अन्र्तराष्ट्रिय विज्ञान संघको सचिवालय इस्सिच्युट अफ टिवेटियन प्लेटु रिसर्च, चाइनिज एकेडेमी साइन्सेस बेइजिङमा राख्ने निर्णय समेत भएको संघको कार्यदलका सदस्य एवं त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी दिए । 

 

प्रतिक्रिया