Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षाका दुई सह - सचिवको सरुवा, नाष्टमा श्रेष्ठ

मंगलबार, ०८ माघ २०७५

काठमाडौं - शिक्षा मन्त्रालयका दुई सह - सचिवको जिम्मेवारी फेरवदल गरिएको छ । शिक्षा तथा मानव श्रोत  विकास केन्द्रका निर्देशक टेकनारायण पाण्डेलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशकका रुपमा सरुवा गरिएको छ । सोमबार अबेर शिक्षा मन्त्रालयले गरेको उक्त निर्णय अनुसार केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई विद्यालय शिक्षा महाशाखाको प्रमुखको जिम्मेवारी दिईएको शिक्षा सचिव खगराज बरालले जानकारी दिए । 

सहसचिव सूर्यप्रसाद गौतम सचिवमा बढुवा भएर कामु महालेखा नियन्त्रक भएसँगै उक्त महाशाखा नेतृत्व विहीन थियो । 

यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) को उपकुलपतिमा योजना आयोगका पूर्व सदस्य डा. सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरिएको मन्त्री गिरिराजमणि पोखरेल निकट श्रोतले जनाएको छ । यस अघिका उपकुलपति जिवनाथ पोखरेल निवृत्त भए पछि झण्डै ४ महिना देखि प्रतिष्ठान नेतृत्व विहिन अवस्थामा थियो ।

प्रतिक्रिया