Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

प्रहरीकै शैक्षिक प्रमाणपत्र नक्कली !

बुधबार, २९ फागुन २०७५

काठमाडौं - ऐन नियम पालना गराउने जिम्मेवार निकाय प्रहरी प्रशासनमा कार्यरत व्यक्तिकै शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

प्रहरी सेवा प्रवेशका लागि घिमिरेले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीको अनुसन्धान हुँदा उक्त त्रुटि फेला परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाललद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

'घिमिरेले माध्यमिक शिक्षा परिषद्,क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको देखिएको' अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको देखिएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । 

 

प्रतिक्रिया