Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

समायोजित स्थानमा नजान शिक्षाका कर्मचारीलाई निर्देशन

विहीबार, ०७ चैत्र २०७५

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा एसईई अघि समायोजित स्थानमा नजान शिक्षा मन्त्रालयले कर्मचारीलाई निर्देशन दिएको छ । मन्त्रालय अन्र्तगतका सबै निकायलाई बिहीबार परिपत्र गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । 

देश संघीयतामा गईसक्दा पनि पेचिलो बनेको कर्मचारी समायोजन अन्र्तगत शिक्षा मन्त्रालयका उपसचिवहरुलाई सरकारले हालै समायोजन गरेको थियो । तर एसईई परीक्षा सञ्चालन र व्यवस्थापनमा समस्या आउने भन्दै मन्त्रालयले उक्त निर्णय गरेको जनाएको छ । 

'परीक्षा सञ्चालन गर्ने जिल्ला समन्वय समितिको सदस्य सचिवको रुपमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रहने हुँदा उक्त परीक्षाको संवेदनशिलतालाई दृष्टिगत गरी उत्तः इकाइमा प्रमुखका रुपमा हाल कार्यरत रही विभिन्न प्रदेश वा स्थानीय तहमा खटिएका उपसचिवहरुले परीक्षा अवधिभर साविक बमोजिम नै कार्य सम्पादन गर्न' भन्दै उक्त परिपत्रमा परीक्षा पश्चात मात्रै समायोजित भएको स्थानमा जान निर्देशन गरिएको छ ।  

 

प्रतिक्रिया