Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

जनकको मुखैको स्कुलमा त पुगेन पाठ्यपुस्तक, अन्त के पुग्नु ?

बुधबार, ०६ बैशाख २०७४

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लि. र आदर्श माध्यमिक विद्यालय आमुनेसामुने छन् । केन्द्र र विद्यालयलाई सानोठिमी सडकले मात्र छुट्याएको छ । विद्यालयबाट केन्द्रमा हिँडेर जाने हो भने पनि १५ पाइलाभन्दा बढी हिँड्नुपर्दैन । दूरीको हिसाबले जम्मा त्यति फरकमै रहेको विद्यालयमा पनि शैक्षिक सत्र सुरु भएको चार दिन बितिसक्दा पनि पाठ्यपुस्तक पुगेको छैन ।
‘हामीले यो वर्षका शैक्षिक सत्र बैशाख ३ गतेबाट पठनपाठन सुरु गरेका हौं, आजसम्म पनि पूरा पुस्तकको सेट आएको छैन ।’ विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर कार्कीले भने ।
उनले आफ्नो स्कुललाई चाहिने पुस्तक एक स्टेशनरीलाई दिएको जानकारी दिँदै स्टेशनरीले भने पुस्तक नपुर्याएको बताए । ‘छिमेकमै रहेको कार्यालयले किताब छाप्छ हामीले भने अहिलेसम्म पुस्तक पाएका छैनौं ।’ प्रअ कार्कीले भने ।
उनले मात्र नभएर मध्यपुर थिमीकै अर्को नजिकको स्कुल गणेश माविले पनि अहिलेसम्म पनि पुस्तक पाउन सकेको छैन । सो विद्यालयका प्रिन्सिपल प्रतिमान श्रेष्ठले पुस्तक नपाएको बताउँदै पुराना विद्यार्थीको पुस्तक प्रयोग गर्नुपर्ने अवस्था आएको बताए ।
सो सम्बन्धमा पुस्तक पुर्याइरहेको ठिमीकै श्रीकृष्ण स्टेशनरीका प्रोपाइटर कृष्ण कार्कीले जनककै कारण पुस्तक नपुगेको बताउँदै विद्यालयबाट आफूमाथि प्रेशर आइरहेको बताए । ‘जनकका डिजिएमसँग म दुई तीन पटक नै बसिसकेँ, हाम्रो वरिपरिको विद्यालयलाई तपाँइले किताव दिनुभएन भने तपाइँलाई राम्रो हुनेवाला छैन, तपाइँदले गर्दिनुस् भनेको उहाँहरुले कक्षा ६ र ७ को किताब बाहिर छाप्न दिनुभभएको छ । यो दुईदिनमा आउँछ भन्नुभएको छ ।’ उनले भने ।
उनका अनुसार कक्षा ६ को तीन विषय, कक्षा ७ को ४ वटा विषयका पुस्तक मात्र आएको कारण ती पुस्तकहरु विद्यालयमा पुगेका छन् । ‘कक्षा ८ को विज्ञान र स्वास्थ्य आएको छैन, कक्षा ९ र १० को पनि चार आइटमभन्दा अर्को आएको छैन ।’ उनले भने ।
उनले जनक शिक्षाले पुस्तक छापिसकेपछि केन्द्रमा आउन र पुस्तक उठाएर लान भनेको जानकारी दिँदै कुन बेला र कुन दिन आउने सोको जानकारी भने नदिएको बताए । उनले हालसम्म थिमीको आदर्श मावि लायकु, बालप्रेमी मावि, आदर्श मावि, महेन्द्र निमावि, अरनिको, बोडे मावि, महेन्द्र शान्तिमा पु¥याएको जनाए । ‘कुनै पनि स्कूलमा पूरा सेट पठाउन सकिएको छैन ।’ उनको भनाइ छ ।

 

प्रतिक्रिया