Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

रेडियन्ट रिडर्सको स्थापना दिवस

आइतबार, ११ माघ २०७१

ललितपुर ११ माघ / रेडियन्ट रिडर्स एकेडेमी सानेपा, ललितपुरले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । २०५६ सालमा स्थापना भएको विद्यालयले हरेक बर्ष सरस्वती पूजाको दिन आफ्नो स्थापना दिवस मनाउँदैं आएको छ ।
१९ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा अहिले १२ सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक, कर्मचारी गरेर १ सय २५ जना कार्यरत रहेको प्रिन्सिपल डीके ढुङ्गानाले बताए ।
आईतवार परेको सरस्वती पुजाको दिन विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दा गरी करीव ३ हजार जनाले पुजा गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया