Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

सरकारलाई के त्यस्तो अप्ठ्यारो पर्यो ?

मंगलबार, ०८ माघ २०७५

काठमाडौं - चिकित्सा शिक्षाको बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा गोविन्द केसीका माग पुरा गर्न सरकारलाई परेको अप्ठ्यारो स्पष्ट पार्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरेको छ । आफै सम्झौता गर्ने र आफैं माग पुरा नगर्नु पर्नाको कारणबारे मंगलबार बसेको संसद बैठकमा काँग्रेस नेता प्रकाशमान सिंहले उक्त प्रश्न सोधेका हुन् । 

'डा. गोविन्द केसी १४ दिन देखि अनसनमा बसिराख्नु भएको छ उहाँसँग सरकारले सम्झौता गरे पछि सरकारलाई के त्यस्तो अप्ठ्यारो पर्यो ?' उनले सोधे 'समझदारी आफैं गर्ने तर आफ्नै सरकारले विल्कुल वास्ता नगरी समझदारी लाई टुटाउन किन परेको हो ?' 

मानवियताका नाताले पनि केसीको जिवन रक्षा गर्ने दायित्व सरकारकै भएको बताउँदै उनले यस्ता कृयाकलापले सरकार र नेताको विश्वसनीया माथि प्रश्न खडा भएको उल्लेख गरे । 

दुई तिहाईको सरकार छ भन्दैमा आफ्ना नेताहरुका नाममा खुलेका स्वास्थ्य संस्था खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै उनले बैठक चल्न नदिने बताए । 

त्यस लगत्तै वेलमा आएर काँग्रेस सांसदहरुले नारावाजी गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेको जनाएका थिए । 

 

प्रतिक्रिया