Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालयसँगको सहकार्यमा स्थापित पुरस्कार घोषणा, व्यक्ति र संस्था गरी ३६ पुरस्कार वितरण गरिने

शुक्रबार, १० साउन २०७६

काठमाडौ - शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा नेपाल पत्रकार महासंघद्वारा प्रदान गरिने पुरस्कारको घोषणा गरिएको छ । व्यक्ति र संस्था गरी वितरण गरिने ३५ पुरस्कार मध्ये ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिकमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी ५१ हजार रुपैंया छ ।

सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १ १ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरिएको महासँघले जनाएको छ ।

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं. ५ बाट विकास बञ्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं) लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

त्यसै गरी संस्थागतमा एफ एमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदन पोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं) लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

संस्थागत तर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइन तर्फ सेतोपाटी डट कम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ ।
घोषणा गरिएका सबै पुरस्कार साउन १४ गते काठमाडौंमा एक समारोहका बीच वितरण गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिएका छन ।

प्रतिक्रिया