Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

कोरोना विरुद्धको अभियानमा छात्रवृत्ति पाएका विद्यार्थीलाई अपिल गर्ने तयारी

विहीबार, २७ चैत्र २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड - १९) को जोखिम न्यूनिकरणका लागि सञ्चालन गरिने अभियानमा विभिन्न विश्वविद्यालयमा सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीलाई अपिल गर्ने सरकारले तयारी गरेको छ ।

बिहीबार साँझ सबै विश्वविद्यालयका उपकुलपतिहरुसंग शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भिडियो मिटिङ गर्दै छात्रवृत्तिमा अध्ययन गरिरहेका र पढाइ पुरा गरेका विद्यार्थीको नामावली बनाएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

छात्रवृत्तिमा पढिरहेका र पढिरहेका विद्यार्थीलाई अब राज्यलाई सहयोग गर भनेर अपिल गर्ने तथा राष्ट्रिय स्तरमा परिचालन गर्न सक्ने स्वयम सेवकको नाम लिष्ट पठाउन मन्त्री पोखरेलले निर्देशन दिएको स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

'आजको लागि यो संकटमा राज्यलाई चाहिने हरेक क्षेत्रबाट सहयोग गर्ने र भोलिको लागि  कोभिड १९ को अनुसन्धान गर्ने विश्वविद्यालयको जिम्मेवारी हो, यो महामारीलाई हामीले जित्ने गरी लडाईको तयारी गर्न जरुरी छ' उपकुलपतिहरुसँग मन्त्रीले भनेको कुरा उदृत गर्दै केसीले भने, 'विशेष गरी विश्वविद्यालयको प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी गर्नु होस्, संकटलाई अवसरको रूपमा बदलेर शिक्षामा नयाँ प्रणाली विकास गर्ने तर्फ सोच्नु आवश्यक छ ।'

ढिलो चाँडो डिजिटल एजुकेसनमा जानै पर्ने अवस्था उल्लेख गर्दै मन्त्री पोखरेलले यो हामामारीले तत्काल नै डिजिटल एजुकेसन मा जाने  दबाब दिएकोले यसलाई अवसरको रूपमा काम गर्न जरुरी रहेको बताएका छन् । सबै विश्वविद्यालयहरु आपसमा मिलेर महामारी विरुद्ध लड्न पनि उनले आग्रह गरे ।

राष्ट्रिय स्वयम सेवकको नाम लिष्ट बनाएर मन्त्रालयमा पठाउन, वर्तमान अवस्थामा विश्वविद्यालयले खेलेको भूमिका र अबको योजना निर्माण गर्न, कोरोना कोषमा सहयोग गर्न तथा अनलाईन एजुकेसनको तयारी लगायतको विषयमा मन्त्रीले छलफल गरेका केसीले जानकारी दिए ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले सबै प्रयोगशालाहरुलाई प्रयोगमा ल्याउने गरी काम गरेको,  अनलाईन प्रणालीमा जाने तयारी गरिएको, शिक्षकको क्षमाता विकासको लागि काम गरिरहेको बताए । कोरोनाको जोखिम न्यूनिकरणका लागि सचेतना प्रकाशन र अपील निकालेको बताउँदै उनले स्वयम् सेवकको लागि  वायोमेट्रिक, बायोलोजी, शिंक्षण अस्पतालको विज्ञको  टीम परिचालन गर्न सकिने  बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजुले मेडिकल र नन्मेडिकल विद्यार्थी र शिक्षकलाई सेवक परिचालन गरिएको, उच्अ मेसिन सञ्चालनमा ल्याई परीक्षण गरिएको,  अनलाइन एजुकेसन  अगाडि बढाएको बताए ।

भिडियो मिटिङमा सहभागी सुदुरपश्चिम विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र खुला विश्वविद्यालयका उपकुलपतिहरुले जोखिम न्ष्ूनिकरणका लागि सरकारबाट लाग गरिएका र्काक्रमहरुलाई सहयोग पुग्ने गरी कार्य गरेकोे, स्वयम सेवक परिचालन गरेको, अनलाइन एजुकेसनको सञ्चालन तथा तयारी गरेको उल्लेख गरेका केसीले जानकारी दिए । खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले अनलाईन प्रणाली प्रयोगमा आफूहरुले यस अघि देखि नै काम गर्दै आएकोले अन्य विश्वविद्यालयहरुले पनि आफूसँग संयोजनमा कार्य गरिरहेको बताए ।

प्रतिक्रिया