Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

समाज मनोविज्ञानले किन भन्छ – ‘जाबो शिक्षक !’

मंगलबार, ०६ जेठ २०७७

कोरोना भाईरस कोभिड १९ को महामारीको बेला शिक्षाका कुरा बेमौसमी जस्तो लागे पनि यो विषय गम्भिर हो । अहिलेको संकट सँधै भरी त पक्कै रहँदैन ! अहिले देखि नै शिक्षाका विषयमा पर्याप्त ध्यान नदिने हो भने संकट सकिएका दिनमा हाम्रा अघिल्तिर सम्हाली नसक्नु गरी समस्याको थुप्रो लाग्ने छ ।

विषयमा प्रवेश गर्नु अघि समाजको चरित्र हेरौं – हाम्रो समाजमा तिनै मानिसको इज्जत हुन्छ जसको पेशामा शक्ति, सम्मान र सम्पत्ति (पावर, पे्रस्टिज र प्रोपटी) हुन्छ ।

यसको भुक्तमान शिक्षकले सँधै भरी भोग्दै आएको छ ।

समाजमा हुने विभिन्न कार्यक्रममा शिक्षकलाई प्रमुख अतिथि या सभापति बनाएको देख्नु भएको छ ? कुनै विशेष कार्यक्रमको उद्घाटन शिक्षकले गरेको देख्नु भएको छ ?

कुनै शिक्षकको राम्रो काम समाचारमा किन प्राथमिकतामा पर्दैन ?

कलाकार, नेता, डाक्टर, पाइलट, खेलाडी जसरी शिक्षक किन चर्चित बन्न सक्दैन ?

समाज मनोविज्ञानले भन्छ – ‘जाबो शिक्षक !’

राजनीतिक छवि भएका या कुनै सेलिब्रेटी, फिल्मस्टार, कलाकारलाई जति धेरै सम्मान गरिन्छ, शिक्षकलाई समाजले त्यसरी किन हेर्दैन ?  

किन हुँदैन कदर  ?

असल शिक्षकले हरेक मान्छेलाई कदर गर्न सिकाउँछ र आपूmले पनि गर्छ । तर, सबैका लागि सबैभन्दा उत्तम पेशा शिक्षण हो भन्ने आँट कसैले गर्दैन किनकि पेशाका बारेमा विभेदीकृत सोचले समाजमा उँचो निचो ठहर्याइदिन्छ । आखिर यो देशमा गाडीको लेखापाल (खलासी) को पनि आवश्यकता छ । उसले पैसाको कारोबार बैंकको कर्मचारीले जसरी नै गरेको हुन्छ, प्रकृति फरक हो । सडक बढार्ने मित्रहरू पनि चाहिन्छ या त भनौँ सबैको इज्जत सबैले गर्न जान्नुपर्छ ।

यदि शिक्षक विना पाइलट, इञ्जिनियर, डाक्टर, कृषक या कोही प्राविधिक, अप्राविधिक उत्पादन हुन सक्दैन भने शिक्षकले किन तल्लो दर्जाको मनोविकारमा ग्रसित हुनुपर्छ ? जसले कलिलो हातलाई समातेर कखरा सिकाउँछ, तातेताते गर्न सिकाउँछ, जीवन सिकाउँछ अनि शिक्षक नै त्यस्तो मार्गदर्शक हो जसले आफ्नो प्रतिद्वन्द्वी जन्मिँदा गर्व गर्छ । आपूm भन्दा सक्षम शिष्य देखेर छाती फुलाउँछ ।

देशले शिक्षामा लगानी गर्न खुट्टा कमाएर शिक्षाको जग बलियो हुन सक्दैन । शिक्षित–प्राज्ञिक समुदायलाई पार्टीको झोला भिराएका विगतका इतिहास पुराना नभए जसरी नै शैक्षिक गुणस्तरका सपना समृद्ध मुलुकको जसरी अघि बढेन । आज अक्सफोर्ड, क्याम्ब्रिज, सालामाङ्का, ओस्लो जस्ता विश्वविद्यालयका गरिमालाई विश्वले सम्मान गर्छ । भनौँ अफ्रिका, दक्षिण एसियाकै कतिपय देशहरूमा शिक्षकलाई महŒव दिइन्छ । त्यहाँ एउटा प्राध्यापकले बोल्दा देश र संसारमा एउटा तरङ्ग उठ्छ । आर्थिक र बौद्धिक उच्चता पनि त कम हुँदैन । तब त विश्वका उच्च वौद्धिक र आर्थिक क्षमता भएका मान्छे त्यहाँ पुग्दा आपूmलाई भाग्यमानी सम्झन्छन् ।

हामी हाम्रो मुलुकमा पर्यटकीय, कृषि या अन्य कुनै मौलिक आधार भित्र सम्भावित पूर्वाधारलाई विकास गरेर विश्वमा पहिचान स्थापित गर्ने शैक्षिक निकायलाई जन्माउन खोज्दैनौँ । देशको कूल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने, शिक्षा र शिक्षकलाई कमसेकम शिक्षण विधि, मूल्याङ्कन, नवीन शिक्षण प्रविधिसँग आजको युगसम्मत समुन्नतिको बाटोमा लैजानेबारे सोच्दैनौँ । अर्कोतिर सरकारले ‘राष्ट्रपति विद्यालय सुधार कार्यक्रम’ भन्दै छुट्याएको बजेटलाई हतारहतार खर्च गर्न भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका सामुदायिक विद्यालयसँग अपिल गर्नुपरेको देख्दा मुलुकमा बजेट नै धेर भएछ जस्तो पनि लाग्छ । यसमा पनि कोरोनाले प्रहार ग¥यो ।

कहाँ छ समस्या  ?

स्थानीय र प्रदेश सरकारसँग केन्द्रीय सरकारको जिम्मेवारीका बारेमा स्पष्ट अवधारणा नहुँदा बजेट फ्रिज हुने कुरालाई कोरोनाको समस्याका कारण कसरी संयोजन गर्ने भन्ने एउटा शैक्षिक–आर्थिक विचार–विमर्श आवश्यक छ । हाम्रो देशका धेरै विद्यालयमा भवन, खेलमैदान, भौतिक संरचनामा धारा, चर्पी व्यवस्थित छैनन् । भूकम्पीय पुनर्निर्माणका काम अधुरै छन् । कक्षा कोठा नभएर अभैm पनि देशका कतिपय स्थानमा विद्यार्थी खुला आकाश मुनि बसेर पढ्छन् ।

जारी लकडाउनमा अनलाइन कक्षाको सञ्चालन गर्ने कुरा दूरदराजका बालबालिका प्रति वर्ग विभाजनको मनोवैज्ञानिक खाडल निर्माण गर्ने हतियार मात्र हुन्छ । विज्ञान प्रयोगशाला, कम्प्युटर व्यवस्थापन, सूचना प्रविधियुक्त कक्षा देखि छात्र–छात्राका छुट्टै शौचालयको निर्माणका कुरा त दोस्रो कुरा हो । हरित विद्यालय, एक विद्यालय एक नर्सको अवधारणा देखि सेनेटरी प्याड वितरण गर्ने विषय, पाठ्यपुस्तकका उलब्धता जस्ता थुप्रै समस्या छन् । यसो गाउँतिरका विद्यालय, कक्षा कोठा अनि विद्यार्थीलाई हेर्ने हो भने यो दर्दनाक यथार्थ छ ।

नेपालमा शैक्षिक रूपान्तरणको बलियो नीति बनाएर शिक्षाको विकासलाई रूपान्तरणको बाटोबाट चासो बढाउने संयन्त्र नै कटिबद्ध हुन सकेको छैन भन्दा अन्यथा नहोस् ।

अहिले शिक्षक दरबन्दीमा करार भन्दै अथवा स्वयम्सेवक शिक्षक भनेर खटाइरहेको अवस्थालाई हेर्दा नेपालमा शिक्षक हुन योग्य मान्छेको अभाव त नहोला नै । सेवा आयोगले आवेदन खुलाए देखि युवाले काम पाउँथे । देशमा स्थायी शिक्षकको सङ्ख्या बढ्थ्यो । शिक्षकलाई पोसाक र अन्य नियमका कुरा आएका छन् । अझ त्यो भन्दा पनि धेरै निष्पक्षता, शिक्षणीय स्वतन्त्रता र अनुसन्धानात्मक शैक्षणिक उन्नयनमा अवसर दिइनु पर्छ । राजनीतिक दबदबाबाट टाढा राखिनुपर्छ । वास्तवमा राजनीतिले प्राज्ञिक वर्गलाई नोकर बनाउनु हुँदैन ।  

हरेक विषयमा विषयगत शिक्षक हुन कम्तिमा ज्ञानका साथमा शिक्षण विधि र शिक्षण मनोविज्ञान पनि जान्नु आवश्यक छ । आफ्नो पेशामा असन्तुष्ट शिक्षकले विद्यार्थीको पढाइमा सकारात्मक परिवर्तन ल्याउनै सक्दैन । यसमा अध्ययन, अनुसन्धान, सम्मानजनक कार्य, शिक्षा र विकासको सह सम्बन्धको बोध तथा राज्यले उच्च प्रतिष्ठा नदिई शिक्षाको गुणस्तर उठ्न सक्दैन । असल शिक्षक त्यो हो जसले विद्यार्थीरूपी किताबका पाना–पानाको अध्ययन गर्छ । हाम्रो शिक्षाको पद्धतिमा विविधतामय शिक्षकको प्रकृति छ । एउटै विद्यालयमा उत्तिकै काम गरेर थरीथरी तलब खाने शिक्षक हुन्छन् । घरको क्रोध, साथीसँगको आक्रोश वा विद्यालयका कुनै कर्मचारीसँग भएका द्वन्द्वलाई विद्यार्थी सामु देखाएर अनाहकमा विद्यार्थीलाई दण्ड दिने स्वभावका व्यक्ति असल शिक्षक हुँदैनन् । शिक्षक असल हुन उसमा व्यक्तिगत, प्राज्ञिक तथा शैक्षिक गुण हुनु अनिवार्य छ अनि शिक्षक हुनुमा गर्व गर्ने सोच व्यक्तिमा पनि हुनुपर्छ ।

आयोगको पाठ्यक्रमको अपेक्षा के हो ?

शिक्षकलाई उत्पादन गर्ने पाठ्यक्रमले त शिक्षण पेसालाई पेसामुखी बनाउनु, व्यावहारिक बनाउनु आवश्यक होला । यसमा शिक्षक प्रति समाजले हेर्ने दृष्टिकोणलाई बदलिएको छैन । संसारको ज्ञानसँग विद्यार्थी मैत्री भावमा अद्यावधिक हुनु आवश्यक हो भने शिक्षकले लोकसेवाकै जसरी सबै कुरा जान्नुपर्ने भन्ने त नहोला नि ? अभिभावकको सोच, विद्यार्थीको पृष्ठभूमि, कक्षाको वातावरण, समाजको शैलीलाई पो जान्नुपर्ने होला । अर्को पक्ष शिक्षकले म गर्व गरौँ भन्ने कि समाज र राज्यले गर्व गर्ने बाटो दिने हो ? वर्तमान शिक्षक सेवा आयोगले तय गरेको पाठ्यक्रमले त शिक्षकले संसारका बटुलबाटुल ज्ञान जान्नुपर्ने विषयलाई अनावश्यक रूपमा लाद्दै छ ।

त्रिभुवन विश्वविद्यालयमा डा. राजेन्द्र खनाल भन्नुहुन्छ ः ‘एकाध कुरालाई हेरेर, शिक्षकले के विश्व ब्रह्माण्डको कुरालाई जान्नुपर्छ ? शिक्षकले त शिक्षार्थीको वास्तविकतालाई जान्नु आवश्यक छ । उनीहरूको सिकाइ उपलब्धि, तिनका अभिभावक, शैक्षिक पृष्ठभूमिका पक्षसँग सम्बद्ध राख्नु जरुरी हुन्छ । कक्षा व्यवस्थापन र विद्यालयीय प्रणालीसँग सम्बद्ध कुरामा शिक्षक जानकार हुनु आवश्यक छ । ..शिक्षक सेवा आयोगले लोकसेवा आयोगका सामग्रीमा अलिकति मात्र शिक्षाका विषवस्तुलाई समेटेकाले वर्तमान शिक्षक सेवा आयोगको पाठ्यक्रम उचित छैन ।’

वास्तवमा त शिक्षा र शिक्षणका लागि विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय तथा शिक्षक सेवा आयोगको समन्वयबाट पाठ्यक्रम तय हुनुपथ्र्यो । नितान्त शिक्षा शास्त्रीय कोणबाट हेर्न हो भने पनि शिक्षालयमा राज्य स्वयम्को नीति यति उपेक्षित छ– नीतिमा जे भने पनि विज्ञान, इञ्जिनियरिङ जस्ता विषय पढाउने कलेजले ए प्लस, ए ग्रेडका विद्यार्थी मात्र लिन्छन् तर अन्त कुनै तहमा नसक्नेहरूले शिक्षा विषय पढ्न पाउने पद्धति अर्को यसको कारण बन्छ । तिनै कमजोर ग्रेडका शिक्षकले विद्यालयमा गएर भोलिका भविष्य निर्मातालाई जन्माउने सपना बुनिरहन्छ । हाम्रो मुलुकले शिक्षाको उन्नयनका विषयमा साँच्चै कटिवद्धता देखाएको छ भन्ने कुरा शिक्षा दिवस र केही शैक्षिक विषयक पर्व बाहेकमा देख्न सकिँदैन । समान वर्गले कमाएको पैसा र आर्थिक उन्नति अर्थात् भ्रष्टचार गर्न मिल्ने र सक्ने पेशालाई सम्मान गर्ने परिपाटीले आज शिक्षक प्रति उपेक्षा भावले विरासत जोगाएको हो ।

अन्त्यमा

एउटा निजामति कर्मचारी अधिकृत स्तरको छ भने उसले पाउने सुविधा, देश–विदेशसम्मका तालिममा सहभागी हुन पाउने अवसर, समाजमा हुने इज्जतका तहमा उही स्तरको माध्यमिक स्थायी शिक्षकले किन आफ्नो पेशा प्रति गर्व गर्न सक्दैन ? अन्त कतै नसक्नेका लागि अन्तिम विकल्पको पेशा नै शिक्षक हो भन्ने गलत मानसिकता समाजमा छ । फलतः देशका लाखौँ बालबालिकाको भविष्यमा अप्रत्यक्ष रूपमा खेलबाड हुन्छ । मुखले भनिए जसरी कक्षाको वातावरण पनि हुँदैन । न त सिद्धान्तमा पढिएको जसरी आजको कक्षा सञ्चालनको पक्ष सजिलो हुन्छ ।

[email protected]

भट्टराई आदर्श बहुमुखी क्याम्पस गजुरी – १, धादिङका उप–प्राध्यापक हुन् ।                                    

 

प्रतिक्रिया