Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

गणित विषयको भर्चुअल तालिम

शनिबार, २० असार २०७७

काठमाडौं - विभिन्न विश्वविद्यालयमा गणित विषय पढाउँदै आएका प्राध्यापकहरुको थप क्षमता बढाउने उद्धेश्य सहित प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रम शुरु गरिएको छ । नेपाल गणित समाजको आयोजनामा शुरु उक्त सात दिने कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयमा गणित विषय अध्यापनरत ३७ जना प्राध्यापक प्रशिक्षार्थीका रुपमा सहभागि छन् ।

हरेक दिन छुट्टा छुट्टै विषय र सन्दर्भमा चर्चा गर्ने गरी शुरु गरिएको    अभिवृद्धि कार्यक्रममा १६ जना विज्ञ प्रशिक्षकबाट सहजीकरण गर्ने  समाजका सचिव डा. दिनेश पन्थीले जानकारी दिए । अमेरिका स्थित  निक सिमोन्स  फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा गणित विषयको महत्व तथा समाजमा यसको उपयोगिता र पठनपाठनमा दिनु पर्ने ध्यान लगायत सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा चर्चा गरिने उनले बताए ।

काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. रामकण्ठ माकाजु श्रेष्ठले शनिबार भर्चुअल रुपमै उक्त कार्यक्रमको उद्घाटन गर्नु भयो । विद्यमान विषम स्थितिमा पनि विभिन्न विश्वविद्यालयहरु समेटी भिडियो कन्फेरेन्स मार्फत समाजले अत्यन्त उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै श्रेष्ठले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिन सुझाव दिए । कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिव भुषाल, निक सिमोन्स ईन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक डा. अनिल श्रेष्ठ, गणित केन्द्रीय विभागका प्रमुख प्रा. डा. टंकनाथ धमला लगायतले कायक्रमको महत्व र गणितको विषयमा चर्चा गरेका थिए ।

समाजका अध्यक्ष प्रा.डा. चेतराज भट्टले गणितका विषयमा समाजले गरेका कार्यक्रमहरुका बारेमा चर्चा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया