Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
गतिविधि

प्रधानमन्त्रीद्वारा थापालाई उपकुलपतिमा नियुक्ति

बुधबार, ०७ माघ २०७७

काठमाडौं - काठमाडौं विश्वविद्यालयले नयाँ उपकुलपति पाएको छ । प्रा. डा. भोला थापालाई कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले नयाँ उपकुलपतिमा नियुक्त गरेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालय श्रोतले जानकारी दियो । 

स्थापना काल देखि नै विश्वविद्यालयमा आवद्ध थापा स्कुल अफ इञ्जिनियरिङका प्राध्यापक हुन् । मेकानिकल ईञ्जिनीयरिङका विद्यार्थी थापाले नर्वेबाट हाईड्रो पावरमा विद्यावारिधि गरेका छन् । पूर्व रजिस्ट्रार थापाले हालका उपकुलपति रामकण्ठ माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै दुई बर्ष अघि पदबाट राजीनामा दिएका थिए । माकाजूको दोस्रो कार्यकाल सकिने दिन बुधबार थापाको नियुक्ति भएको हो ।

विवादित छविका माकाजू फेरी पनि उपकुलपति हुने दौडमा थिए । मेडिकल स्कुलका प्राध्यापक माकाजू विभिन्न विवादमा मुछिँदै आएका छन् । उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । 

उपकुलपति हुन चाहनेहरुलाई शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो व्यक्तिगत ईमेलमा आवेदन हाल्न सूचना जारी गरेका थिए । उक्त ईमेलमा विभिन्न ४४ जनाले आवेदन हालेका थिए । सोही आवेदनका आधारमा मन्त्री श्रेष्ठले माकाजू र थापा सहित स्कुल अफ एजुकेसनका प्राध्यापक बालचन्द्र लुइँटेलको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । उक्त सिफारिस पछि विश्वविद्यालयका प्राध्यापकहरुले माकाजूलाई नियुक्ति गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिदैं आएका थिए । 

मन्त्री श्रेष्ठको अध्यक्षतामा संस्थापक उपकुलपति सुरेशराज शर्मा र  विश्वविद्यालय बोर्ड अफ ट्रष्टिजका अध्यक्ष दमननाथ ढुङ्गाना सहितको सिफारिस समितिले उनीहरु तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । 

 

प्रतिक्रिया