Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षकलाई खोप दिने निर्णयबाट सरकार पछि हट्यो

शुक्रबार, २१ फागुन २०७७

काठमाडौं - आईतबारबाट शिक्षकलाई समेत कोरोना भाईरस (कोभिड - १९) विरुद्धको खोप दिने यस अघिको निर्णयबाट सरकार पछि हटेको छ । खोप अपुग भए पछि यस पटक शिक्षकलाई दिन नसकिने भएको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा. झलक गौतमले बताए । बालबालिकाको प्रत्यक्ष सम्पर्कमा रहने वर्ग भएकाले शिक्षकलाई प्राथमिकतामा राखेर खोप दिनु पर्ने आवाज उठ्दै आए पनि फेरी पनि शिक्षक छुटेका छन् ।

'हामीसँग आवश्यक पर्ने भन्दा कम खोप भयो, खोपको उपलब्धताका आधारमा यस्तो निर्णय गरिएको हो' गौतमले भने, 'खोप उपलब्ध हुने वित्तिकै प्राथमिकता निर्धारण गरेर शिक्षकलाई खोप दिने गरि अर्को निर्णय हुने छ ।'

सरकारले यस अघि महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक र ५५ बर्ष माथिका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । सरकारसँग अहिले १५ लाख डोज मात्रै खोप भण्डारण छ । कोभ्याक्स अन्र्तगत सहुलियत सहयोगमा प्राप्त हुने खोप समेत गरेर सरकारसँग तत्काल ३५ लाख डोज खोप मात्रै हुने भएको छ । जब की ५५ बर्ष माथिको जनसंख्या मात्रै ३८ लाख छ । 

आईतबारबाट शुरु हुने खोप अभियानमा अब सरकारले हिमाली भेगका ५५ बर्ष माथिका सबैलाई र अन्य ठाउँका ६५ बर्ष माथिकालाई मात्रै खोप दिने निर्णय गरेको छ । 

प्रतिक्रिया