Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

बाँकेमा एक साता शैक्षिक संस्था बन्द गरिने

विहीबार, ०२ बैशाख २०७८

नेपालगञ्ज - कोरोना संक्रमण जोखिमबाट बालबालिकालाई जोगाउन बाँकेका शैक्षिक संस्था एक साताका लागि बन्द गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आइतबारदेखि एक सातासम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिईन् ।  

यस अघि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारबाटै एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 

नेपालगञ्ज स्थित भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार भएको १ सय २३ स्वाब परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण हुनेमा शिक्षक र विद्यार्थी समेत देखिए पछि सतर्कता अपनाउन उक्त निर्णय गरिएकोे उपहानगरपालिकाको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । 

प्रतिक्रिया