Edukhabar
विहीबार, ०६ बैशाख २०८१
बहस

संघीयता अनुकूल सिकाइ संस्कृति विकासका लागि शिक्षक तालिम

बुधबार, २३ भदौ २०७८

मुलुकको राष्ट्रिय आकांक्षा स्तरोन्नति, विकास र समृद्धि हासिल गर्न राष्ट्रिय सवलता अभिवृद्धि गर्न आवश्यक हुन्छ । मुलुकको आन्तरिक सवलता हासिल गर्न मुख्यतया तीनवटा आयाममा जोड दिनुपर्छ 

– राष्ट्रिय सदाचार प्रणाली

– राष्ट्रिय वौद्धिक ढुकुटी निर्माण र 

– राष्ट्रिय उत्पादनशील क्षमता । 

मुलुकको शिक्षक तालिम कार्यक्रमहरू यिनै तीनवटा आयामलाई चलायमान र मजवुतीकरण गर्ने दिशा तर्फ उन्मुख छन् । शिक्षक तालिम कार्यक्रमहरू विशेषतः जीवन र जगत जोड्न, सिप र दक्षता बिच सहसम्बन्ध स्थापित गर्न, समन्यायिक र गुणात्मक सिकाइ सुनिश्चित गर्न केन्द्रित छन् । यसका साथै नियमित र निरन्तर सोध, खोज, अनुसन्धान, प्रतिविम्बन गर्न र नवप्रवर्तन भित्र्याउन, जीवनपर्यन्त सिकिरहन, सिक्ने र सिकाउने संस्कृतिको निर्माण गर्न, प्राविधिक, दक्ष, नैतिकवान र वौद्धिकवान जनशक्ति विकास गर्नका लागि स्टिम (STEM –Science, Technology, Engineering and Mathematics) शिक्षा र मेस (MESH– Media literacy, Ethics, Sociology and History) शिक्षाको तादात्म्यता र सामञ्जस्यता कायम गर्ने ध्येयका साथ शिक्षक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास भएका छन् । यसका लागि शिक्षक तालिमको जीवनरेखाको रूपमा सूचना तथा सञ्चार प्रविधिलाई अवलम्बन गरिएको छ । अनलाइन / भर्चुअल तथा मिश्रित विधि, आमने सामने विधि, सहकार्यात्मक र अनुसन्धानात्मक विधिहरू प्रयोगमा ल्याईएका छन् । 

शिक्षक तालिम मार्फत शिक्षकहरूको कार्यदक्षता र क्षमता अभिवृद्धि हुनुको साथै स्वअध्ययन संस्कृतिको विकास गरी विज्ञ नै सबैथोक हो भन्ने परम्परागत विश्वास, मान्यता र अभ्यासलाई विस्तारै विस्थापित गर्ने प्रयत्न गरिएको छ । स्वनिर्देशित र स्वनियमनको वातावरण तयार गरी सिक्ने र सिकाउने प्रक्रियामा आफ्नोपनको विकास गरी सिकाइ प्रति अपनत्व हासिल गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरूले विस्तारै फड्को मार्दैछन् । 

संघीय संरचना यस किसिमको रूपान्तरणको लागि स्वर्णीम अवसर देखिन्छ । तालिम कार्यक्रमहरूलाई संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक, नतिजामूलक र सवल ढङ्गबाट यसको साझा लक्ष्य – “सिकाइ प्रति श्रद्धाभाव जागृत“ गराउनका लागि यो ठुलो अवसर हो । 

संघीय संरचना अनुसार संघअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्रमाणीकरण र पुनर्ताजगी तालिमहरूको पाठ्यक्रम तर्जुमा गर्ने, मापदण्ड विकास गर्ने, नमुना तालिम सामग्रीहरू विकास गर्ने र आवश्यकता अनुसार प्रदेश शिक्षा तालिम केन्द्रहरूको संस्थागत क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका क्षमता विकास तालिमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ । 

प्रदेश शिक्षा तालिम केन्द्रलाई शिक्षक पेसागत विकासमा प्रत्यक्ष रूपमा संलग्न भई तालिम कार्यक्रमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ । नयाँ संघीय संरचना र राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार स्थानीय तहलाई शिक्षक पेसागत विकासका लागि छोटा अवधिका तालिमहरू सञ्चालन गरी शिक्षकलाई पेसागत सन्तुष्टि सहित उच्च मनोवल र उत्प्रेरणा विकास गर्ने अवसर प्राप्त भएको छ । 

स्थानीय तहमा शिक्षक पेसागत विकास र सहयोग अभिवृद्धि गर्न शिक्षकहरूको सिकाइ सञ्जाल निर्माण आवश्यक छ । समग्रमा संघ, प्रदेश र स्थानीय तह बिच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्दान्त अनुसार असल सम्बन्ध र अभ्यासको आदानप्रदान गर्दै सबैको जित र हितमा समर्पित भई संघीयता अनुकूल सिकाइ संस्कृति निर्माण गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन भएका छन्

अन्तराष्ट्रिय साक्षरता दिवस २०७८ को सन्दर्भमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेको सामग्री । 

* एड्भोटोरियल 

 

प्रतिक्रिया