Edukhabar
शनिबार, २२ बैशाख २०८१
गतिविधि

नियुक्तिको १० दिनमै शिक्षा मन्त्रीको पुत्ला दहन

शुक्रबार, १३ माघ २०७९

काठमाडौं - विद्यालयको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयको विरोध गर्दै विद्यार्थीले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पस अगाडि मन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिने शिक्षामन्त्री खनालको निर्णय घुस खानका लागि भएको आरोप लगाउँदै अनेरास्ववियूले विरोध गरेको हो । उक्त निर्णयले विद्यार्थीलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य पार्ने अनेरास्ववियूको तर्क छ । 

पुत्ला दहनपछि सञ्चारकर्मीसँग बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्री केन्द्रलाई सवल सक्षम बनाउनुको साटो निजी क्षेत्रलाई दिनु भनेको कमिसन खाने दाउ भएको आरोप लगाए । केन्द्रमा भएको अनियमितता हटाउन मन्त्री केन्द्रित हुनु पर्नेमा केन्द्रलाई नै मास्ने गतिविधि गरेको उनको तर्क छ । 

सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने उनले बताए । 

'सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलाललाई दिने चक्रव्युह रचिएको छ' उनले भने 'शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेका छन् ।'

उनले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु पर्ने, पाठ्यपुस्तक छपाईमा भईरहेको हलचेक्र्याई र व्यवस्थालाई सुधार गर्नु पर्ने, पाठ्यपुस्तकको नाममा हुने कमिसन रोक्नु पर्ने माग समेत गरे । 

सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने षडयन्त्र रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको बताए ।

उनले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खाने खेल रचेको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल गत माघ तीन गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया