Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

शिक्षक विज्ञापन खुल्यो, माध्यमिक तहका विभिन्न विषयमा झण्डै साढे चार सयको विज्ञापन

पछिल्लो केही वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुने बित्तिकै प्रतिस्पर्धाबाट छनौट भएका योग्य शिक्षकले पढाउने अवसर पाएका छन् ।

आइतबार, ०८ पुस २०८०

भक्तपुर - शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकको विज्ञापन खोलेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको सामुदायिक विद्यालयको माध्यमिक तहको रिक्त दरबन्दीमा आयोगले विज्ञापन गरेको हो । 

चार सय ३५ जना मावि शिक्षकको रिक्त दरबन्दी केन्द्रले आयोगलाई बुझाएको थियो । सोही अनुसार विज्ञापन गरेको भए पनि अन्तिम रुजु गरेर यकिन संख्या तय गर्ने आयोगका प्रमुख प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले बताएका छन् ।

अहिले सम्मको संख्या अनुसार यसपालि सबैभन्दा बढी विज्ञान विषयको शिक्षकको विज्ञापन हुने छ । नेपालीको ७०, अङ्ग्रेजीको ७८, गणितको ८८, विज्ञानको १ सय २३ र सामाजिकको ४८ जना र अन्य ऐच्छिक विषयको २८ जनाको दरबन्दीको विवरण केन्द्रले आयोगलाई बुझाएको छ ।  

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो । गत वर्ष ७ सय ५३ जनाको विज्ञापन भएको थियो । यस वर्ष झण्डै तीन सयले घटेको छ । 

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि बेलैमा विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन समस्या थियो । पछिल्लो केही वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुने बित्तिकै प्रतिस्पर्धाबाट छनौट भएका योग्य शिक्षकले पढाउने अवसर पाएका छन् ।

यो समाचार प्रकाशन भए पछि आयोगले यकिन संख्या सहितको विवरण सार्वजनिक गरेको छु । उक्त समाचार पढ्नुहोस् : माध्यमिक तहका नौ विषयमा चार सय ३६ पदमा विज्ञापन

प्रतिक्रिया