Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

गुपचुप दिएको निर्देशन चौतर्फी दबाबपछि सार्वजनिक

निर्देशनलाई समितिले सोमबार मात्रै वेभ साइटमा सार्वजनिक गरेको हो ।

सोमबार, ०८ माघ २०८०

काठमाडौँ-प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा मन्त्रालयलाई गुपचुप दिएको निर्देशन एक सातापछि सोमबार सार्वजनिक गरेको छ । आइतबार भएको समितिको बैठकमा निर्देशनको विषयमा सांसदहरूले प्रश्न उठाए पछि समितिले निर्देशन बल्ल सार्वजनिक गरेको हो । 

मापदण्ड पुरा नभएका सीटीइभीटीबाट सम्बन्धन लिएका ६४ वटा कलेजलाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको थियो ।

गोप्य रूपमा दिएको निर्देशन एडुखबरले सार्वजनिक गरेपछि समितिको बैठकमा आधिकारिकता खोजी गर्दै सांसदहरूले सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण पत्र नै बुझाएका थिए ।

चिकित्सा शिक्षा ऐनको दफा ४४ मा नर्सिङ कलेज सञ्चालन गर्न एक सय शय्याको आफ्नै अस्पताल हुनु पर्ने प्रावधान भए पनि समितिले अरूको अस्पताल देखाएर भए पनि कक्षा सञ्चालन गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै आफ्नै अस्पताल दुई वर्ष भित्र बनाउने गरी समय थप गर्ने व्यवस्था राख्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्देशनको चौतर्फी आलोचना भएको छ । यही निर्देशनलाई समितिले सोमबार मात्रै वेभ साइटमा सार्वजनिक गरेको हो । 

यस विषयमा एडुखबरले लेखेको सम्पादकीय पनि पढ्नुहोस् :

स्वार्थबाट 'परिचालित' हुन छाड 

 

 

प्रतिक्रिया