Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

इसीडी सुधारको माग राखेर प्रदर्शन गर्ने चापागाईँलाई शिक्षामन्त्री श्रेष्ठले दिइन धन्यबाद्

निजी र सामुदायिक विद्यालयको इसीडीको नीति नै फरक भएकोले एउटै हुनु पर्ने, शिक्षकको सेवा सुविधा बढाउनु पर्ने माग राखेर विद्यार्थी नेताले आन्दोलन गरिरहेका छन् ।

आइतबार, ०६ जेठ २०८१

काठमडौं–प्रारम्भिक बाल विकास (इसीडी) सुधारको माग राखेर एकल आन्दोलन गरिरहेका विद्यार्थी नेतालाई भेटेर शिक्षामन्त्री सुमना श्रेष्ठले धन्यबाद् दिएकी छन् । चार दिनदेखि काठमाडौँको माइतीघरमा उभिएर आन्दोलन गरिरहेका नेपाल समाजवादी विद्यार्थी संगठनका अध्यक्ष नेत्र चापागाईँलाई भेट्न आइतबार मन्त्री श्रेष्ठ गएकी थिइन । चापागाईँले उठाएको मागमा मन्त्रीले पनि समर्थन जनाइन । 

इसीडी शिक्षकको तालिम र नियम अनुसार तलब दिनु पर्ने, निजी र सामुदायिक विद्यालयमा हुने इसीडीको विभेद अन्त्य गर्नु पर्ने लगायतको माग राखेर आन्दोलन सुरु गरेका हुन् । इसीडीमा न्यूनतम पूर्वाधार समेत नभई भुईँमा बस्नु पर्ने, सिकाइको सामाग्री पर्याप्त नभएपछि आन्दोलन गर्नु परेको चापागाईँले बताए । 

मन्त्री श्रेष्ठ आइतबार माइतीघरमा पुगेर चापागाईँलाई इसीडीको समस्या उठाइदिएकोमा धन्यबाद् दिएकी हुन् । ‘इसीडी महत्त्वपूर्ण छ । तपाईँले जुन स्ट्यान्ड लिनु भएको छ । त्यसले मलाई पनि बल पुगेको छ,’मन्त्री श्रेष्ठले चापागाईँलाई भनिन,‘तपाईँले उठाउनु भएको विषयले मलाई सबै जनालाई बुझाउन सजिलो भएको छ । त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यबाद् ।’ 

इसीडी सुधारको आफूले उठाएको माग शिक्षा मन्त्रालयले मात्रै पुरा गर्न नसक्ने भएमा अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँग पनि छलफल गर्न तयार रहेको चापागाईँले बताए ।  ‘आर्थिक कुरा जोडिने भएकोले अर्थ मन्त्रालयसँग जोडिन्छ होला । स्कुले जीवनमा अर्थमन्त्रीको आदेशले स्कुल छाडेर राजनीतिकमा लागेको मान्छु हु,’उनले भने,‘उहाँसँग आँखा जुधाएर कुरा गर्न सक्छु । प्रधानमन्त्रीसँग पनि कुरा गर्न तयार छु । तपाईँले सक्नु हुन्छ भने उहाँहरूसँग बस्ने वातावरण बनाइदिनुस् ।’ इसीडीको समस्या समाधान गर्ने गरी सरकार सहमति गर्न तयार भएमा आन्दोलन छाड्न सकिने उनले चापागाईँले बताए । 

‘यो बजेटमा इसीडीको समस्या हल गर्ने निश्चित गर्न सक्नु हुन्छ भने तपाईँसँग वार्ता गर्न तयार छौ,’उनले भने । 

 

प्रतिक्रिया