Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

क्षमता भएपनि ठाउँ नपाएका विद्यार्थीलाई मौका

बुधबार, २५ साउन २०७४

काठमाडौं - आफूसँग क्षमता भएर पनि अवसर नपाएका विद्यार्थीलाई लक्षित गरी रोजगार मेला हुने भएको छ । नेपाल र भारतका विभिन्न रोजगारदाता कम्पनिका प्रतिनिधिहरुले उक्त मेलाबाटै विद्यार्थीसँग भएको क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने आयोजकले दावि गरेको छ । आयोजकका अनुसार एसएलसी पछि तीन बर्षे डिप्लोमा, स्नातक तथा स्नातकोत्तर पढेका विद्यार्थीलाई रोजगारी दिन रोजगारदाताहरु मेलामै सहभागि हुने छन् । मेलामा नेपाल र भारतका विभिन्न प्रख्यात कम्पनिहरुले सिधै रोजगारीका अवसर दिने मेला आयोजक तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका शंकर भट्टराईले जानकारी दिए ।

आसाम डाउन टाउन विश्वविद्यालय भारतको सहयोगमा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीले गर्न लागेको मेलाको उद्घाटन आगामी शुक्रबार श्रम मन्त्री फरमुल्लाह मन्सुरले गर्ने तय भएको भट्टराईले जानकारी दिए ।
मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भारतका प्रतिष्ठित कम्पनि रिलाइन्स जिओ र ¥याडिसन होटल सहभागि हुने बताए । रिलाइन्स जिओ मोवाइल कम्पनीले नेपालबाट इलेक्ट्रोनिक्स इञ्जिनियरलाई छनौट गरेर रोजगारीको अवसर दिने उनले बताए । त्यस्तै भारतको चेन बिजनेशको रुपमा प्रख्यात भारतीय कम्पनि रेडिसन होटलले आफूलाई आवश्यक पर्ने जनशक्ति मेलामै छनौट गर्नेछ ।

त्यस्तै नेपालका सिप्रदी, सद्धा, क्लाकि टेक, डीटीएस, बिरला टायर, सुबिसु, डिसहोम, यामाहा लगायत नेपालका कर्पोरेट हाउसहरुले पनि आफूलाई आवश्यक पर्ने जनशक्ति मेलाबाटै छनौट गर्ने आयोजकको दावी छ ।

'मेलामा आउने विद्यार्थीले आफ्नो बायोडाटा भने अनिवार्य ल्याउनु पर्ने हुन्छ । विद्यार्थीको योग्यता के छ ? रोजगारदाता कम्पनिले कस्ता कामदार माग गरेका छन ? दुबैलाई भेटाउन मेला आयोजना गरिएको हो' उनले भने,  'क्याम्पस टु कर्पोरेटको अवधारणा अनुसार मेला आयोजना गरिएको हो । मेलाले क्याम्पसको पढाई सकेका विद्यार्थीले रोजगारी खोज्दै भौतारिनु पर्ने बाध्यताबाट मुक्ति पाउने छन् ।'

कार्यक्रममा डाउन टाउन विश्वविद्यालयका प्रतिनिधि शादिक मेनन्ले मेलाले विद्यार्थीलाई आफ्नो बाटो निर्धारण गर्न सघाउने दावि गरे ।  

साउन २७ र २८ मा भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लबमा हुने मेला कलेजबाट सिधै कर्पोरेटसंग सम्पर्क गर्ने माध्याम बन्ने आयोजकको दावि छ । मेलामा सहभागि हुन निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया