Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थप

आइतबार, २९ साउन २०७४

भक्तपुर - शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तय गरेको अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थपेको छ ।  कञ्चनपुर जिल्लाको प्राथमिक तहका तीनवटै र सुदुर पश्चिमाञ्चलको निमावि सामाजिक र मावि विज्ञानमा पदसंख्या थप भएको हो ।  

यस अघि प्रकाशित विज्ञापन नम्बर १०१ मा ९ पद संख्या भएकोमा थपेर २१ पुर्याईएको छ भने विज्ञापन नम्बर १०२ मा २९ भएकोमा ६६ बनाईएको छ । यस्तै सोही तहको विज्ञापन नम्बर १०३ मा ६ पदसंख्या बढाएर १३ पुर्याईएको छ ।

यस्तै सुदुर पश्चिमाञ्चलको निमावि तहको विज्ञापन नम्बर २०३ सामाजिक विषयमा हाल १६ पद संख्या कायम भएको आयोगले जनाएको छ । सुदुरपश्चिमाञ्चलकै माध्यमिक तहको विज्ञापन नम्बर ३०३ विज्ञान विषयमा १ पद मात्रै भएकोमा ४ पुर्याईएको छ । यस अघि यी पदमा क्रमश ८ र १ पद संख्या कायम गरेर विज्ञापन गरिएको थियो ।

आयोगले आईतबार सूचना प्रकाशित गरी पद संख्या थपघट भएको सार्वजनिक गरेको हो ।

शिक्षा विभागबाट प्राप्त बिवरणका आधारमा आयोगले विज्ञापन गर्छ । शिक्षा विभागले यस अघि पठाएको बिवरणमा सच्याए पछि आयोगले पनि उक्त पदसंख्यालाई सच्याएको हो ।

पदसंख्या थप हुँदा प्रतिष्पर्धिलाई थप सजिलो हुने छ । 

प्रतिक्रिया