Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको विज्ञापन खुल्यो, कस्ता शिक्षकले दिन पाउँछन् आवेदन ?

मंगलबार, २१ कार्तिक २०७४

भक्तपुर - शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको विज्ञापन खोलेको छ । शिक्षा ऐनको नवौं संशोधन अनुसार विज्ञापन खोलिएको हो । मंसिर तीन गते सम्म आवेदन दिन सकिने गरी आयोग खोलिएको छ । दोब्बर दस्तुरको व्यवस्था नगरिएको आयोगले जनाएको छ ।

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक अदालतमा मुद्धा दायर भएर सुनुवाईकै चरणमा रहेको बेला आयोगले विज्ञापन खोलेको छ ।

एक मात्र पदसंख्या भई सो पद खुलातर्फ गएको कारणले सो विषयमा आवेदन स्वीकृत नभएकोमा शिक्षा ऐन, २०२८ (नवौं संशोधन) ले त्यस्तो पदमा अस्थायी शिक्षकले अब प्रतिस्पर्धा गर्न पाउने भएकोले यस अघि फरक विषयमा दरखास्त दिएका उम्मेदवारले पनि दरखास्त दिन पाउने छन् । दरखास्त फाराम भरिसकेका उम्मेदवारले विषय परिवर्तन गर्न चाहेमा शिक्षक सेवा आयोगमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

'शिक्षा ऐन, २०२८ को आठौं र नवौं संशोधन बमोजिम परीक्षामा सहभागी हुन पाउने गरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको अन्तिम नामावली, परीक्षा मिति र समय पछि प्रकाशित गरिने छ' आयोगद्धारा मंगलबार जारी सूचनामा भनिएको छ, 'लिखित परीक्षाको नतिजा प्रकाशनसँगै अन्तरवार्ता मिति, समय र स्थान तोकिनेछ ।'

संशोधनले गरेको ब्यवस्था अनुसार योग्य शिक्षकलाई सेवा प्रवेशमा बञ्देज गरिएको भन्दै चौतर्फी विरोध भईरहेको छ । आन्तरिक ७५ र खुल्ला २५ प्रतिशत गर्दा शिक्षक हुन कुरेर बसेका सात लाख धेरै विद्यार्थीलाई अन्याय भएको भन्दै विरोध हुँदे आएको छ । तर आयोगले ऐन जारी भईसेके पछि आफ्नो दायित्व अनुसार आयोग खोलेको जनाएको छ ।

'आयोगको काम शिक्षा मन्त्रालयले उपलब्ध गराएको रिक्त पदका लागि विज्ञापन गर्नु हो' आयोगका अध्यक्ष ताना गौतमले भने, 'शिक्षा ऐनमा संशोधन भए पश्चात सोही अनुसार हामीले हाम्रो काम अघि बढाएका हौं ।' 

कस्ता शिक्षकले दिन पाउँछन् आवेदन ?  पढ्नुहोस् आयोगद्धारा जारी सूचना जस्ताको त्यस्तै :

प्रतिक्रिया