Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विद्यार्थीले झुन्ड्याए क्याम्पस प्रमुखको पुत्ला

विहीबार, २३ कार्तिक २०७४

भक्तपुर– क्याम्पसमा सञ्चालित बीबीए र बीएस्सी, सीएस्आईटी कार्यक्रममा शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

विगतमा स्वतन्त्र विद्यार्थी युनियनको समन्वय र सहमतिमा शुल्क निर्धारण गर्ने सहमति गरेपनि सहमति तोडी अचानक ती कार्यक्रमहरुमा पचास हजार रुपैयाँ बढाएपछि भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनअन्तर्गत नेपाल क्रान्तिकारी विद्यार्थी संघले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलको पुत्ला रुखमा झुण्ड्याएका छन् । उनीहरुले सो कार्यलाई प्रतिकात्मक विरोध भनेको छ ।

क्याम्पसको भौतिक वातावरण र शैक्षिक कार्यक्रमकाबारेमा चरणबद्ध आन्दोलनमा उत्रेको सो विद्यार्थी संघ र क्याम्पस प्रशासनबीच पटक पटक वार्ता भएपनि सफल नभएपछि विद्यार्थीले सो कदम उठाएको आन्दोलनरत संघका क्याम्पस अध्यक्ष मिलन गणेजूले जानकारी दिए ।

उनले स्ववियुसँग समन्वय नगरी बढाइएको शुल्क कुनैपनि हालतमा मान्य नहुने र यदि शुल्कवृद्धि खारेज नगरिए सशक्त आन्दोलनका गतिविधिहरु अघि बढाउन आफूहरु बाध्य हुने चेतावनी दिए । ‘विद्यार्थीसँग गरेको सहमतिप्रति क्याम्पस प्रशासन गम्भीर देखिएन, वार्तामा पनि विना तयारी आउने र हाम्रो मागलाई बेवास्ता गर्दा हामी आन्दोलनमा उत्रिएका हौं ।’ उनले भने ।

 

प्रतिक्रिया