Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

पढाइको संस्कार प्रवद्र्धन गर्न मेला

शनिबार, ०५ जेठ २०७५

काठमाडौं ५ जेठ / लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मन्दिर माविमा एक दिने शैक्षिक मेलाको आयोजना गरिएको छ । घर, समुदाय र विद्यालयमा पढाइको संस्कार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको आयोजक महेन्द्र मन्दिर माविले जनाएको छ ।

स्थानीय शिक्षिका संगीता कुमालले सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर खस्किँदै गएकाले यस्ता कार्यक्रम आयोजना गरेमा प्रभावकारी हुने बताइन् ।

जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डेले शैक्षिक मेलाले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन निकै महत्व राख्ने बताए ।

विद्यालयका प्रधानाध्यपक वुद्धी बहादुर खड्काले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेलाको आयोजना गरिएको बताए ।

मेलामा सुन्दरबजार नगरपालिकाका ६ विद्यालय, दोर्दी गाउँपालिका अन्र्तगतका २ र बेसीशहर नगरपालिका अन्र्तगत एउटा गरी ९ विद्यालयका विद्यार्थीको सहभागिता थियो । मेलामा कक्षा १ देखि १० सम्म विज्ञान ,गणित र नेपाली विषयसम्बन्धी शैक्षिक समाग्रीहरुको पनि प्रदर्शनी गरिएको थियो । शिक्षकले निर्माण गरेका कम मूल्य पर्ने तथा मुल्य नै नपर्ने शैक्षिक सामाग्री प्रर्दशन गरिएका थिए ।
कार्यक्रममा मावि र आधारभुत स्तरीय चित्रकला प्रतियोगीता, कविता र कथा प्रतियोगीता, नृत्य प्रतियोगीता, अक्षरलेखन प्रतियोगीता समेत गरिएको थियो ।

नयाँ पत्रिकामा पढाइको संस्कार विकास गर्न भन्दै लमजुङमा शैक्षिक मेला शिर्षकमा शान्ता कमलीले लेखेको खबर

प्रतिक्रिया