Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

एकै कोठामा पढ्छन् १०१ विद्यार्थी

शुक्रबार, ११ जेठ २०७५

काठमाडौं ११ जेठ / कक्षाकोठा अभावमा जाजरकोटको सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ का एक सय एक जना विद्यार्थी एउटै कोठामा बसेर पढ्न वाध्य छन् । अन्नपूर्ण पोष्टका अनुसार तत्कालीन शिक्षा कार्यालयले दिएको चारकोठे पक्की भवन निर्माणका लागि विद्यालयमा रहेको ५ कोठे ढुंगाको छाना भएको भवन भत्काएपछि कक्षाकोठाको समस्या भएको हो।

केही दिनयता गर्मी निकै बढेको छ। टिनको छाना भएको कक्षाकोठामा कोचिएर बस्नुपर्दा विद्यार्थी हैरान भएका छन्।

शिक्षा नियमावलीअनुसार प्रतिकक्षा ४० देखि ५० जना सम्मको एउटा सेक्सन हुनुपर्ने प्रावधान छ। तर, यो विद्यालयमा दोब्बरभन्दा बढी विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गर्दा विद्यार्थीलाई पठनपाठनमा समस्या परिरहेको छ।

अन्नपूर्ण पोष्टमा राजेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया