Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर

बुधबार, ३० जेठ २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालयका ५ जना* सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रालयको संगठन संरचनामा भएको परिवर्तन सँगै उनले उक्त सरुवा गरेका हुन् ।

बुधबार चीन जानु अघि मन्त्रीले गरेको उक्त सरुवा अनुसार विद्यालय शिक्षा महाशाखाका प्रमुख डा. हरिप्रसाद लम्साललाई नयाँ खुलेको प्राविधिक शिक्षा महाशाखाको जिम्मेवारी दिईएको छ । प्राविधिक शिक्षालाई महत्व दिने बताउँदै आएका मन्त्री पोखरेलले उक्त महाशाखाको नेतृत्व लम्साललाई दिएका हुन् ।

उनको ठाउँमा उच्च तथा प्राविधिक शिक्षा महाशाखाका प्रमुख रहेका सूर्य प्रसाद गौतमलाई लगिएको छ । गौतमको ठाउँमा शैक्षिक जनशक्ति विकास केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईलाई लगिएको छ । उनको ठाउँमा ईभेण्ट परियोजनाका प्रमुख टेकनारायण पाण्डेलाई सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

पाण्डेको ठाउँमा विभागका निर्देशक केशव दाहाललाई सरुवा गरिएको छ । उनको ठाउँमा अहिलेलाई खाली राखिएको छ  ।

विभाग सहित शिक्षा मन्त्रालयका विभिन्न निकायहरु मर्ज गरेर छुट्टै निकाय बनाउने प्रकृया जारी रहेकोले उनको ठाउँमा कसैलाई नलगिएको मन्त्रालय श्रोतको भनाई छ ।

* सच्याईएको - सं.

प्रतिक्रिया