Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

उपकुलपतिको भ्रमणमा सरकारी हस्तक्षेप : शिक्षा मन्त्रालयद्धारा 'कपोलकल्पित' समाचारको संज्ञा

सोमबार, २५ असार २०७५

काठमाडौं - संस्कृत विश्वविद्यालयका उपकुलपति  प्रा.डा. कुलप्रसाद कोइरालाका बारेमा प्रकाशित / प्रशारित समाचार 'कपोलकल्पित' भएको शिक्षा मन्त्रालयले ठहर गरेको छ । 

अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन जाने क्रममा विमानस्थलबाटै 'पक्राउ'को शैलीमा फिर्ता गराई प्रधानमन्त्री कार्यालयमा पुर्याईएको भन्दै चौतर्फि आलोचना बढ्न थाले पछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा कोइरालाले कुनै पनि अनुमति नलिई जान लागेको दावी गरिएको छ ।  

'निजको वैदेशिक भ्रमण सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रसारित कपोलकल्पित समाचारको भ्रममा नपर्न सँपूर्ण सरोकारवालाहरुलाई यस मन्त्रालय हार्दिक अपिल गर्दछ' विज्ञप्तिमा भनिएको छ, 'सार्वजनिक पद धारण गरेका ब्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानुन बमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए तापनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनु भएको छैन ।' 

कोइरालाको भ्रमणका बारेमा सम्बन्धित विश्वविद्यालयबाट मन्त्रालयमा कुनै प्रकारको अनुरोध गरेको नदेखिएको भन्दै उक्त विज्ञप्तिमा यस सम्बन्धमा मन्त्रालयले पनि कुनै सिफारिस नगरेको प्रष्ट्याएको छ ।  

तर आईतबार पत्रकार सम्मेलन गर्दै कोइरालाले आफ्नो विदाको फाईल मन्त्रालयले 'लुकाएको' आरोप लगाएका छन् । उक्त भ्रमणका बारेमा शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा निवेदन दर्ता गरेको उनले दावि गरेका छन् ।

यस अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडामा हुन लागेकै जस्तै कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले उतिखेर अपनाएको प्रक्रिया र नियम अहिले पनि पालना गरेको दावि गरेका छन् । 

तर, प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा आफूलाई अपमानित गरिएको भन्दै उनले आईतबार ओयोजित पत्रकार सम्मेलनमा यो अपमान सिँगो प्राज्ञिक जगत माथिको अपमान भएको उल्लेख गरेका थिए । यस अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले १० जना उपकुलपतिलाई बोलाएर पद छोडिदिनु पर्यो भनेका स्मरण गर्दै उनले त्यही कार्य गराउनलाई तर्साउन खोजेको शंका पनि ब्यक्त गरे । 

पढ्नुहोस् : उपकुलपति कि अपराधी ? हटाउन नसकेपछि तर्साउन खोजेको आरोप !

क्यानडाको भ्यानकुभर शहरमा आयोजित १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार अन्र्तराष्ट्रिय विमानस्थलबाटै उनलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्याईएको थियो । विमान उडेपछि बल्ल उनलाई छाडिएको थियो । 

विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय  पदमा रहेका ब्यक्ति माथि भएको उक्त ब्यवहारको चौतर्फी आलोचना भईरहेको छ । 

प्रतिक्रिया