Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

उपकुलपति भ्रमणमा सरकारी हस्तक्षेप : विदेशीले भने राज्यको व्यवहारले 'लज्जा' महशुस

मंगलबार, २६ असार २०७५

काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै फकाईएको घटनाले अन्तराष्ट्रिय स्तरमै देशको बेईज्यत भएको छ । सन् २०२४ को विश्व संस्कृत सम्मेलन गर्न नेपाललाई जिम्मेवारी दिएर आभार व्यक्त गर्न चाहे पनि उपकुलपतिलाई विमानस्थलबाटै फर्काइएको घटनाले निराश तुल्याएको भन्दै ब्रिटिश कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक डा. अधिश साथायेले 'लज्जा' महशुस गरेको जनाएका छन् । 

ब्रिटिश कोलम्बिया विश्वविद्यालयको संस्कृत साहित्य र दक्षिण एशिया लोकसाहित्य विभागका सहप्राध्यापक साथायेले सम्मेलनमा भाग लिइरहेका नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान निर्देशक प्रा.डा. काशीनाथ न्यौपानेलाई ईमेल लेखेर उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनाबारे जानकारी पाएको र राज्यको व्यवहारले निराश तुल्याएको उल्लेख गरेका छन् । 

‘उपकुलपतिको अनुपस्थितिमा सम्मेलन आयोजनाको जिम्मेवारी दिनुपर्दा लज्जा अनुभूति हुनेछ’ उक्त ईमेलमा भनिएको छ ।

सोमबार देखि शुक्रबारसम्म क्यानडाको भ्यान्कुभरमा आयोजित सम्मेलनको अन्त्य सम्म भए पनि कोइराला उपस्थित हुने आशा गरेको पनि उक्त ईमेलमा लेखिएको छ । 

तर सरकार कोइरालाको कार्य नै गलत भएको पुष्टि गर्न प्रयत्नशील छ । शिक्षा मन्त्रालयले विज्ञप्ति नै निकालेर कोइरालाले कुनै अनुमति नलिएकाल रोकेको भन्दै उक्त विषयका समाचारलाई नै कपोलकल्पितको आरोप लगाईसकेको छ । 

पढ्नुहोस् : उपकुलपतिको भ्रमणमा सरकारी हस्तक्षेप : शिक्षा मन्त्रालयद्धारा 'कपोलकल्पित' समाचारको संज्ञा

तर, कारवाही नै गर्नु पर्ने भए फर्केर आएपछि गरेको भए अन्र्तराष्ट्रिय स्तरमा देशको वेईज्यत नहुने तर, जानै नदिनुले राज्यकै बेईज्यत गरेको भन्दै आलोचना हुँदै आएको छ ।

कोइरालाले उक्त घटनाले आफूलाई मात्रै नभएर प्राज्ञहरुलाई नै राज्यले अपमानित गरेको आरोप लगाउँदै आएका छन् । 

पढ्नुहोस् : उपकुलपति कि अपराधी ? हटाउन नसकेपछि तर्साउन खोजेको आरोप !

उपकुलपति जस्तो सम्मानित पदमा बसेको ब्यक्तिलाई राज्यले अपहरणको शैलीमा गिरफ्तार गरेर प्रधानमन्त्री कार्यालयमा पुर्याउनुले राज्य अनुदार हुँदै गएको रुपमा ब्याख्या हुँदै आएको छ । सोमबारको संसद बैठकमा पनि यो विषयले महत्व पाएको थियो । 

पढ्नुहोस् : उपकुलपति माथि गरिएको ब्यवहारको भत्र्सना, बालुवाटार कि कारागार !

क्यानडाको भ्यानकुवरमा आयोजित सम्मेलनमा भाग लिन त्रिभुवन विमानस्थलमा पुगेका कोइरालालाई प्रहरीले प्रधानमन्त्रीले बोलाएको भन्दै बालुवाटार लगेका थिए । उडान समय घर्केपछि बल्ल उनलाई छाडिएको थियो । 

प्रतिक्रिया