Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

दैनिक सात घन्टा हिँडेर विद्यालय

आइतबार, ३१ असार २०७५

काठमाडौं ३१ असार / ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् ।  तनुहँको देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।

नयाँ पत्रिकाका अनुसार अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा र घर फर्किंदा चार घन्टा लाग्ने गरेको छ ।

भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमनारायण चालिसेले वडा नम्बर ३ बाट ३५ भन्दा बढी विद्यार्थी तीन घन्टा हिँडेर आउने गरेको बताए । गाउँमा एउटा मावि भएमा विद्यार्थीलाई सहज हुने उनले बताए ।

जाडो मौसममा दिन छोटो हुने भएकाले विद्यार्थीले टर्च बोकेर विद्यालय जाने गरेका छन् ।

नयाँ पत्रिकामा उपेन्द्र खनालले लेखेका छन् ।

प्रतिक्रिया