Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

न्याम्सको उपकुलपतिमा शाहको सम्भावना, तीन जनाको नाम सिफारिस

मंगलबार, ०२ असोज २०७५

काठमाडौं २ असोज / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा प्राध्यापक डाक्टर डिएन शाह हुने सम्भावना बढेको छ । उपकुलपतिका लागि सट लिष्टमा परेका ६ जनामध्ये आइतबार भएको प्रस्तुतीका आधारमा तीन जनालाई उपकुलपतिमा उपयुक्त भन्दै सोमबार सिफारिस गरेको हो ।

नयाँ पत्रिकाका अनुसारस्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुर्‍याल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा धर्मकान्त बाँस्कोटा रहेको समितिले प्रा.डा. डिएन शाह, प्रा.डा. ढुन्डिराज पौडेल, प्रा.डा. अजित रायमाझीको नाम सोमबार साँझ सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सको उपकुलपति पारदर्शी बनाउन पहिलो पटक विज्ञापनमार्फत दरखास्त आवह्वान गरिएको थियो । १५ दिनको समय सीमामा २२ जनाले दर्खास्त दिए पनि उनीहरुमध्ये पहिलो चरणमा ६ जना छानिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा तीन जनाको नाम अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रमुख विशेषज्ञ प्याकुर्‍यालले बताए ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस भएकामा एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने छन् । तीन जनामध्ये शाह सिनियर हुन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया