Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

अख्तियारद्वारा मानवशास्त्र विभागविरुद्ध मुद्दा

बुधबार, ०८ जेठ २०७६

काठमाडौं ८ जेठ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागमातहतका कर्मचारीले युएसएआइडीको कोष दुरुपयोग गरेको समाचार प्रकाशित भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

विभागका अधिकारीले १४ करोडबराबरका दुई फरकफरक परियोजना गैरकानुनी ढंगले सञ्चालन गरिरहेको छानबिन समितिले त्रिवि उपकुलपतिलाई पेस गरेको रिपोर्टमा उल्लेख छ। अख्तियारले छानबिन समितिले दोषी ठहर गरेका अधिकारीलाई कारबाही माग गरेको छ।

उपकुलपतिको कार्यालयले छानबिन समितिका सम्बन्धमा आइतबार बैठक बोलाएको थियो। कार्यालयले विभागका प्रमुख डम्बरध्वज चेम्जोङलाई कारबाहीका लागि पत्र पठाएको उपकुलपतिको कार्यालयले जनाएको छ। ‘हामीलाई प्राप्त जानकारीअनुसार त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विभागका पूर्वप्रमुख लयप्रसाद उप्रेतीलाई कारबाही गर्न उदासीनता देखाएका छन्, अनियमितताका मुख्य आरोपित उप्रेती रजिस्ट्रार उप्रेतीका आफन्त हुन्,’ गोप्यरुपमा दर्ता गरिएको उजुरीमा भनिएको छ। दोषीमाथि कारबाही गर्नुको सट्टा विभागका प्रमुखले उपकुलपतिको निर्देशन लुकाएका छन्, उनीहरुले भ्रष्ट अधिकारीलाई सहयोग नगरेमा विभागको प्रशासनका अधिकारीलाई अन्यत्रै सरुवा गर्ने धम्कीसमेत दिएका छन्,’ उजुरीमा भनिएको छ।

नागरिकमा प्रकाशित 

प्रतिक्रिया