Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

स्ववियु निर्वाचनका विषयमा नेविसंघभित्रै विवाद

शनिबार, ०८ माघ २०७३

काठमाडौं ८ माघ/कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रै स्ववियू निर्वाचनलाई लिएर विवाद देखिएको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरपक्षीय संस्थापन पक्षले त्रिभुवन विश्व विद्यालयले लगाएको २८ बर्षे उमेर हद हटाएर मात्रै निर्वाचनमा जानु पर्ने अडान लिएको छ । तर, महामन्त्री कुन्दन राज काफ्ले समूहले भने संस्थापन पक्षको अडानले निर्वाचन रोकिन सक्ने बताउँदै उमेर हदको बिषयलाई बखेडा नबनाउन आग्रह गरेको छ ।

काफ्लेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उमेर हदको विवादलाई लिएर निर्वाचन रोकिंदा सिंगो विद्यार्थी आन्दोलन, युवा विद्यार्थीको भावना र लोकतान्त्रिक पद्दतिका बिरुद्ध हुने बताउँदै यसलाई बखडा नबनाइलाई निर्वाचनमा होमिन अपिल गरेका छन् । काफ्ले यो अपिलले नेविसंघभित्रै स्ववियू निर्वाचनलाई लिएर दुई धार प्रष्ट देखिएको छ ।

संस्थापन पक्षले बुधबार पत्रकार सम्मेलन गरी उमेर हद नहटाई निर्वाचनमा जान नहुने घोषणा गरेका थियो । ‘स्ववियू निर्वाचन सुनिश्चिताको लागि नेविसंघले अग्रसरता लिने भनी ०७३ भादौ १० मा बसेको केन्द्रीय समितिको पहिलो, कात्तिकमा सम्पन्न दोस्रो बैठकले निर्णय गरिसकेको छ’ काफ्लेले विज्ञप्ति जारी गर्दै भनेका छन,‘हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा समेत बहुमत पदाधिकारी र सदस्यहरुले निष्पक्ष रुपमा निर्वाचन गराउनु पर्ने धारणा राख्नु भएको छ । उमेर हदबन्दिका बिषयमा विद्यार्थी संगठनहरु, पार्टी शीर्षस्थ नेतृत्व र सम्मानित सर्वोच्च अदालतसम्म छलफल भई निर्णय भईसकेकाले यसलाई बखेडा बनाउन हुन्न ।’

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया