Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

शिक्षकको मृत्यु

आइतबार, १३ चैत्र २०७३

काठमाडौं १३ चैत/जिल्लाको विश्रामपुरमा अज्ञात समूहले प्रहार गरेको गोली लागी घाइते भएका शिक्षकको उपचार क्रममा शुक्रबार राति मृत्यु भएको छ । वृन्दावन गाउँपालिका ३ का ४२ वर्षीय रामएकवाल यादवको हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । मृतक यादवलाई अन्तिम संस्कारका लागि शनिबार अपराह्न पुख्र्यौली गाउँ विश्रामपुरमा ल्याइएको स्थानीयले बताए । आफ्नै घरमा सुतिरहेका बेला मंगलबार राति अपरिचित व्यक्तिले घरको झ्यालबाट गोली प्रहार गरेका थिए । घाइते यादवको शल्यक्रियापछि सघन कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
यादव मकवानपुरको कमला मावि डडाखरमा विज्ञान विषयको मावि शिक्षकका रूपमा कार्यरत थिए । एसईई परीक्षामा सहभागी छोरी अमृतालाई सहयोग गर्न बिदामा घर आएका बेला घटना भएको थियो । गोली प्रहार गर्नेको पहिचान खुलेको छैन । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया