Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा केन्द्र र मिति निर्धारण

विहीबार, ३१ चैत्र २०७३

भक्तपुर । अस्थायी शिक्षकहरुका लागि आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्ने गरी विज्ञापन गरेको शिक्षक सेवा आयोगले  मिति र केन्द्र निर्धारण गरेको हो ।
जसअनुसार असार २४ गते शनिबार ११ बजे परीक्षा हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गर्दे पाँच विकास क्षेत्रमा एकैदिन र माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तीनै तहको परीक्षा पनि एकैदिन हुने आयोगले जनाएको छ । आयोगले यसअघि प्रावि, निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञापन गरेको थियो । यसअघि तथ्यांक नआएर बाँकी रहेका जिल्लामा समेत विज्ञापन गरिएको आयोगले जनाएको छ ।
आयोगले जिल्ला शिक्षा कार्यालयहरुलाई जिल्लाको उम्मेदवारहरुको तहगत÷विषयगत विवरण २०७४ जेठ ७ गतेभित्र परीक्षा केन्द्र तोकिएका जिल्लाहरुमा पठाई आयोगमा जानकारी गराउन समेत निर्देशन दिएको छ । 
आयोगले निर्धारण गरेको परीक्षा केन्द्रमा पूर्वाञ्चल क्षेत्रका जिल्लाहरुको लागि जिल्ला शिक्षा कार्यालय, झापा, मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुको लागि जिल्ला शिक्षा कार्यालय, काठमाडौं, पश्चिमामाञ्चल क्षेत्रका जिल्लाहरुको लागि जिल्ला शिक्षा कार्यालय, कास्की, मध्यपश्चिमामाञ्चल क्षेत्रका जिल्लाहरुको लागि जिल्ला शिक्षा कार्यालय, बाँके र सुदूरपश्चिमामाञ्चल क्षेत्रका जिल्लाहरुको लागि जिल्ला शिक्षा कार्यालय, कञ्चनपुर निर्धारण गरेको छ ।

 

प्रतिक्रिया