Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षाका लागि राष्ट्रिय अभियानको नेतृत्वमा सुवेदी

आइतबार, २२ भदौ २०७६

काठमाडौ - शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालको दशौँ साधारण सभाले डिल्लीराम सुवेदीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शुक्रबारबाट शुरु साधारण सभाको शनिवार सम्पन्न निर्वाचन प्रकृयाले सुवेदीलई अध्यक्ष चयन गरेको हो । अभियानको उपाध्यक्षमा राजेन्द्र पहाडी र सान्त्वना देवकोटा के.सी चयन भएका छन् । 

महासचिव लाल बहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य चयन भएका छन् । कार्यसमिति सदस्यमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, शुभेन्द्रमान श्रेष्ठ, लवराज ओलीे, डा. आनन्द पौडेल, सत्या कुँवर रावल, कुन्ती राणा, डा. लक्ष्मी पौड्याल, पार्वती तामाङ, समिता मल्ल, लक्ष्मण शर्मा र दुर्गा गिरी चयन भएका अभियानले जनाएको छ । 

साथै प्रदेश समितिमा संयोजकका रुपमा राजेन्द्र प्रसाद ढकाल, प्रदेश नं १, राम प्रवेश शाह, प्रदेश नं २, प्रकाश खतिवडा, प्रदेश नं ३, इन्दिरा पौडेल, गण्डकी प्रदेश, हरि अधिकारी, प्रदेश नं ५, तुलाराम पाण्डे, कर्णाली प्रदेश र उद्धव सिंह ढाट, सूदुर पश्चिम प्रदेश चयन भएका अभियानका कार्यक्रम व्यवस्थापक राम गैरेद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

कार्य समितिको अवधि तीन बर्षको हुने छ । 

एनसिई नेपाल देशका विभिन्न ३ सय ४९ राष्ट्रिय, अन्तराष्ट्रिय गैह्रसरकारी संघ संस्थाहरु, शिक्षक महासंघ, शिक्षामा क्रियाशील सञ्चार माध्यमहरु तथा अन्य समुदाय स्तरमा परिचालित संघ संस्थाहरुको राष्ट्रिय सञ्जाल हो ।

अभियानले साधारण सभाको पहिलो दिन सार्वजनिक शिक्षाका पक्षमा विभिन्न विषयमा वहस गरेको थियो । 

पढ्नुहोस्  : 'झोले शिक्षक'लाई मुक्ति दिऊँ, शिक्षा मन्त्री भन्छन् – शिक्षकले भूमिका बदल्न आवश्यक

 

प्रतिक्रिया