Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षकलाई कोरोना भए पछि किताबखानाका कर्मचारीको स्वाब संकलन

विहीबार, १५ साउन २०७७

काठमाडौं - पेन्सनपट्टा बनाउन वीरगञ्जबाट काठमाडौं आएका एक जना शिक्षकलाई कोरोना पुष्टि भए पछि शिक्षक किताबखानाका कर्मचारीको स्वाब संकलन गरिएको छ । शनिबार काठमाडौं आएका ती शिक्षक वीरगञ्ज फर्किसके पछि बुधबार रिपोर्ट आएको थियो । ति शिक्षकको सम्पर्कमा आएका किताबखानाका कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको महानिर्देशक दिनेश कुमार श्रेष्ठले जानकारी दिए । नागढुङ्गामा लगेर उनीहरुको स्वाब संकलन गरिएको उनले बताए । 

'हाम्रो कार्यालयमा सेवा लिन आउनु भएका एक जना शिक्षकमा कोरोना भएको जानकारी प्राप्त भए पछि हामीले ९ जना कर्मचारीको स्वाब सँकलन गराएका छौं' उनले भने 'पेन्सनपट्टा बनाउने प्रयोजनमा प्रत्यक्ष रुपमा खटिएका कर्मचारीहरुको स्वाब संकलन गरिएको छ, उहाँहरुको रिपोर्ट आए पछि अरुका बारेमा के गर्ने भन्ने तय हुने छ ।'

सेवाग्राहीलाई सके सम्म दुरी कायम गराउने, कार्यालयमा मास्क र स्यानेटाईजर अनिवार्य गर्ने लगायतका सचेतना अपनाईएको भए पनि यसै भन्न नसकिने भएकोले रिपोर्ट नआए सम्म थप सर्तकता अपनाईएको उनले बताए । आफूहरु स्वास्थ्य निकायको सम्पर्कमै रहेको र त्यहाँबाट प्राप्त निर्देशनका आधारमा अघि बढ्ने उनको भनाई छ । किताबखानामा अहिले ३० जना कर्मचारी कार्यरत छन् । 

'आएका सबै सेवाग्राहीलाई भित्र प्रवेश नगराईने र स्वास्थ्य सजगता अपनाईने कुरामा कडाई गरिएको छ' उनले भने 'अन्य कर्मचारीलाई पनि थप सर्तक रहन भनिएको छ ।'

गाडी रिजर्भ गरेर गएको शनिबार काठमाडौं आएका ती शिक्षकको नागढुङ्गामा निकालिएको स्वावको परीक्षण नतिजा बुधबार आउँदा सम्म उनी वीरगञ्ज पुगिसकेका थिए । ५ दिन काठमाडौं बस्दा कुलेश्वरमा बास बसेका ति शिक्षकको कन्ट्याक ट्रेसिङ्का लागि काठमाडौं जिल्ला स्थित स्वाथ्य कार्यालयमा जानकारी दिईसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले जानकारी दिए । ती शिक्षकले ताहाचलमा रहेको शिक्षक किताबखानाबाट पेन्सनपट्टा बनाएका थिए । उनीसँगै आएका अन्य २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । तर त्यो स्वाव शनिबार निकालिएकोले वितेको ५ दिनमा उनीहरुमा पनि सक्रमण भएको हुन सक्ने भएकोले सतर्क रहन भनिएको कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया