Edukhabar
शनिबार, २९ बैशाख २०८१
गतिविधि

दैनिक कार्य सञ्चालन गर्न जिम्मेवारी तोकियो,  तीन महिना भित्र नयाँ नियुक्ति गर्नु पर्ने

सोमबार, २० कार्तिक २०८०

काठमाडौ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदावधि सकिए पछि दैनिक कार्य सञ्चालन गर्न शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाललाई जिम्मेवारी तोकिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते देखि सकिएको छ । त्यसैले उपकुलपतिको पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भुषाललाई जिम्मेवारी तोकेका हुन् । 

गत १७ गतेको निर्णय अनुसार भुषाललाई जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयले जनाएको छ । 

विश्वविद्यालय ऐन २०४९ को दफा २१ ख मा विश्वविद्यालयको कुनै पद रिक्त भएमा पदपूर्ति नभए सम्म बढिमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले कुनै बरिष्टतम् प्राध्यापकलाई तोक्ने व्यवस्था छ । २१ क मा भने पदाधिकारीको पद रिक्त भएमा तीन महिना भित्र नयाँ नियुक्ति गर्नु पर्ने व्यवस्था छ । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत ६ गते विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन रहेका भुसाललाई नियुक्त गरेको थियो । 

त्यस अघि सोही सरकारको पालामा कात्तिक १७ गते उपकुलपति नियुक्त बाँस्कोटाले १८ गते पदभार ग्रहण गरेका थिए । भदौ ५ गते तत्कालिन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिए पछि सरकारले तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गरिएको थियो । 

आफ्नो कार्यकाल सकिनु अघि बास्कोटाले गत बुधबार सञ्चारकर्मीलाई बोलाएर प्रगती सुनाएका थिए । 

पढ्नुहोस् : विश्व वरीयतामा खस्के पनि सञ्चारकर्मीलाई बोलाएर सुधारका फेरहिस्त सार्वजनिक !

प्रतिक्रिया