Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

एकै वर्षमा साढे ३० हजार विदेश अध्ययनमा

शनिबार, १२ बैशाख २०७२

काठमाडौं १२ बैशाख /एक वर्षको अवधिमा विदेश अध्ययनका लागि ३० हजार चार सय नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । 

शिक्षा मन्त्रालयको छात्रबृति शाखाका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थीबाट ६ करोड आठ लाख २१ हजार एक सय ५० रुपैया राजश्व उठेको छ । 

सबैभन्दा बढी नौ हजार पाच सय ४९ जना विद्यार्थी जापानमा जापनिज भाषा पढ्न जाने विद्यार्थी रहेका छन् । जापानसंगै अष्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या धेरै छ । 

अष्ट्रेलियाकाृ लागि नौ हजार पाचजनाले शिक्षा मन्त्रालयबाट पत्र लगेका छन् । ०७० मा विदेश अध्ययनका लागि मन्त्रालयबाट २६ हजार विद्यार्थीले अनुमति लिएका थिए । भारतमा जाने विद्यार्थीको एकिन विवरण छैन । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई डलर साटेन र सरकारबाट औपचारिक रुपमा सहमति लिएर आएको हो भन्ने देखाउन स्वीकृत अनिवार्य चाहिन्छ । भारतमा अध्ययन गर्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर नचाहिने भएपनि एक हजारको हाराहारीमा लिएका छन् । 

अघिल्लो वर्ष अष्ट्रेलिया पहिलो स्थानमा रहेकोमा यस वर्ष जापान पहिले स्थानमा परेको छ । 

यस वर्ष धेरै विद्यार्थीको रोजाईमा पर्ने देशमा जापान, अष्ट्रेलिया, युएसए, मलेसिया, इन्डिया, न्यूजिल्याण्ड, बंगलादेश, चाइना, डेनमार्क, जर्मनी रहेका छन् । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया