Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

कलेजविरुद्ध सर्वोच्चमा रिट

मंगलबार, १३ असार २०७४

काठमाडौं १३ असार/ निजी मेडिकल कलेजमा पोस्ट ग्य्राजुएट (एमडी÷ एमएस र एमडीएस) भर्ना र शुल्कसम्बन्धी विवाद भइरहेको बेला ६जना विद्यार्थीले योग्यताक्रम अनुसार अध्ययन गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
शुल्क र भर्ना सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, इन्ष्टिच्युट अफ मडिसिन र त्रिविबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजबीच एकअर्कालाई दोषारोपण गर्न जुहारी चलिरहेका बेला डा. निशान्तकुमार ठाकुर, डा. कृष्ण अधिकारी, डा. प्रेम महर्जन, डा. पीयूष श्रेष्ठ, डा. प्रशान्त कँडेल र डा. श्रद्धा फुँयालले रिट दायर गरेका हुन् ।
उनीहरुले नेशनल मेडिकल कलेज, त्रिवि र त्रिविको कार्यकारी परिषद्, आईओएमको डिन कार्यालय र डिनलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया