Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

यो कस्तो शिक्षा हो ?

शनिबार, १६ मंसिर २०७४

डा. नकुल बानियाँ शिक्षा मन्त्रालयका विभिन्न निकायमा रही २५ बर्ष कार्य गरेका बानियाँ २ वर्ष अघि निवृत्त भए पनि शिक्षाकै विभिन्न मुद्धाको अध्ययन अनुसन्धानमा सकृय छन् । २०१६ सालमा मकवानपुरको हटियामा जन्मेका उनी पछिल्लो समय शिक्षण विधि र प्राविधिक शिक्षाका विषयको अनुसन्धानमा कृयाशिल छन् । २ वटा पुस्तक समेत प्रकाशित गरिसकेका बानियाँ कविता संग्रहको तयारीमा छन् । यो साताको शिक्षा साहित्यमा उनकै कविता : नेपाली हामी सबै मिलि गरौं नेपालको जतन

यो कस्तो शिक्षा हो ?
जहाँ वैज्ञानिक विश्लेषणले केहि काम गर्दैन
त्यो मालिकलाइ मन पनि पर्दैन
यो कस्तो शिक्षा हो ?
जो गृहकार्य गर्दैन

जस्लाई जाँच दिन पर्दैन
प्रणालीले त्यसलाइ मन पराउँछ
पहिला हुने हराउँछ
फेललाइ पद्धतीले सराउँछ
विश्वास गरिन्छ सम्वृद्धि यसैले दिन्छ
राष्ट्रले उसलाई नै चिन्छ

पञ्चायतले पनि उहि सँग गर्यो सहवास
त्यसको भयो उठिवास
जनताले न पाए गास न पाए कपास
तिनका शिफारिस सब भए बकवास
बालक छात्र हैन पात्र भए छ

अनुसन्धान काम तिर हैन खाम तिर गए छ
बहुदलले पनि तिनैलाइ समायो
बीस बर्षमा सिनो भन्दा पनि बढी गनायो
नेपाललाइ पुरै वञ्जर बनायो
अब गणदल आएको छ

तिनैको गीत गाएको छ
युवा सबै विदेश खेदेको छ
देश पुरै धुलो र धुवाँमय भएको छ
गरिबी नक्कलि प्रतिवेदनमा घटेको छ
जनमानसमा चारगुनाले बढेको छ

शिक्षित निकम्मा भएका छन्
बुर्जुवा शिक्षा भन्नेहरु माथि माथि गएका छन्
ति चाहिँ तिनैका दास भएका छन
यसरी घरिघरि तिनै आएका छन्
बुंगुर जस्तै मोटाएका छन्

पद्धतीको पनि आयु छोटाएका छन्
सलहले जस्तै देशलाइ निल्दै गएका छन्
बालक स्कुल त गएका छन्
स्कुल गएर निरक्षर भएका छन्
स्कुलमा दिन अन्धो हुन पढाइन्छ

यो कस्तो शिक्षा हो ? देशमा चल्दैन
यो कस्तो शिक्षा हो ? देशको राजनीतिले खपत गर्दैन
उस्लाइ मन पनि पर्दैन
तिनै भए पुग्छ
ती अस्थिरताका धोतक हुन्
ती राष्ट्रका शोषक हुन्
दोहन गर्न जान्दछन्
जति आउँछन यि तिनैका घर घर धाउँछन्
अस्थिरता पकाउँछन्
छिमेकी फकाउँछन्

शिक्षामा घुन छ
राजनतिमा सुन छ
यो के शिक्षा हो ? देशलाइ अध्यारो तिर लान्छ
माफियालाइ गुरु ठान्छ
कैले दिने शिक्षालाइ ठाउँ बैज्ञानिक बनाउ ?
आउ पुरै देशलाइ दिउँ जनाउ
अब ढुंगा हान्ने, टायर बाल्ने युग गयो
अब सम्वृद्धिको युग सुरु भयो
अब शिक्षाको युग सुरु भयो

राष्ट्रलाइ बनाओस् घाउमा मलम लगाओस् नेपाललाइ बचाउ
सम्वृद्धिको शिखरमा पुर्याउ
गरौं न जतन नेपालको वतन
असल शिक्षाले दिन्छ बिकास र दिगो सन्तुलन
नत्र शत्रुले गर्न खोज्ने छ बिघटन
हामी माथि परचक्रिले गर्ने छ खटनपटन
हामी सबै मिलि गरौं नेपालको जतन

प्रतिक्रिया