Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सार्वजनिक शिक्षाका पक्षमा पोष्टर, एडुखबर मिडिया पार्टनर

शुक्रबार, ०७ पुस २०७४

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक वकालत गर्न प्रकाशित पोष्टर सार्वजनिक गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसीई नेपालको आठौं साधारण सभाको अवसरमा प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त पोष्टर सार्वजनिक गरेका हुन् ।

एडुखबर मिडिया पार्टनर भएर प्रकाशित उक्त पोष्टर तीन प्रकारका छन् । सार्वजनिक शिक्षामा घट्दो बजेटले निम्त्याएको खतरा,  संविधानमा निःशुल्क भनिएपनि ब्यवहारमा लागू नभएको ब्यवस्था र माध्यमिक तह सम्मको शिक्षा स्थानीय सरकार मातहत भएको सन्र्दमा शिक्षामा प्रगतिशील करका बारेमा पोष्टर तयार पारिएको हो ।
 
एनसीई नेपालको आठौं साधारण सभाका सन्दर्भका अन्य खबर पढ्नुहोस् :

शिक्षालाई मानव अधिकारको कोणबाट हेर्न सुझाव

प्रतिक्रिया