Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

निष्कासित विद्यार्थीले हाने अन्धाधुन्ध गोलि, १७ जनाको हत्या

विहीबार, ०३ फागुन २०७४

काठमाडौं - अमेरिकाको फ्लोरिडा स्थित एक उच्च माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोलि हानेर १७ जनाको हत्या गरेका छन् । घटनामा अरु १४ जना विद्यार्थी घाइते भएका छन् ।

मायामी भन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्व विद्यार्थी निकोलस क्रुजले गोलि हानेको विविसिले जनाएको छ । १९ बर्षका ति विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत विविसिले उल्लेख गरेको छ ।

उनले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्ता सिर्जना गराएपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूलाई उदृत गर्दै सीबीएस न्यूजले जनाएको छ ।

गोली चल्न थालेपछि विद्यार्थी डराएर कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए । अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ ।

घटना पटि अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया