Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

विदेशको कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई तीन दिने स्पष्टीकरण

अनुमति नलिई कुनै शैक्षिक कार्यक्रम सञ्चालन गरेमा एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

बुधबार, २६ बैशाख २०८१

भक्तपुर–पाठ्यक्रम विकास केन्द्रले अनुमति विना विदेशी कार्यक्रम र पुस्तक पढाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाएको छ । 

शिक्षा मन्त्रालयको अनुमति बेगर विदेशी पाठ्यक्रम सञ्चालन गरिरहेको समाचार एडुखबरमा प्रकाशित भए पछि केन्द्रले त्यस्ता विद्यालयमा उपसचिवको नेतृत्वमा अभिभावक महासंघको प्रतिनिधि सहितको टोली अनुगमनमा पठाएको थियो ।

अनुगमनका क्रममा एडुखबरमा आएको समाचारमा उल्लेख भए जस्तै अनुमति विना विदेशी कार्यक्रम सञ्चालन गरेको, अनुमति विनाको विदेशी पुस्तक प्रयोग गरेको पाइए पछि तीन दिन भित्र स्पष्टीकरण पेस गर्न केन्द्रले पत्र पठाएको हो । Screenshot 2024-05-08 at 18.27.25

केन्द्रले मंगलबार भक्तपुरको गुण्डु स्थित काठमाडौँ वर्ल्ड स्कुल र ललितपुर पाटन ढोका स्थित रातो बंगला स्कुललाई पहिलो चरणमा स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएको हो । 

रातो बंगलाले ११ र १२  (ए लेभल) पढाउने अनुमति लिए पनि तल्लो कक्षामा पनि क्याब्रिजको करिकुलम र पुस्तक पढाएको पाइएको केन्द्रबाट अनुगमनमा खटिएका एक कर्मचारीले बताए । त्यस्तै भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड  स्कुलले पनि ईण्टरनेशनल प्राइमरी करिकुलम (आइपिसी) सञ्चालन गरेको पाइए पछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

सरकारको अनुमति बिना विदेशी कार्यक्रम सञ्चालन गरेको पाइए पछि कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधिएको केन्द्रले जनाएको छ । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएमा कारबाही हुने केन्द्रले जनाएको छ । रातो बंगलाले जस्तै बाँसबारीको मिल्सबेरी स्कुलले पनि क्याम्ब्रिजको पाठ्यक्रम पढाउने गरेको र क्याम्ब्रिजकै पुस्तक खरिद गर्न अभिभावकलाई बाध्य बनाएको केन्द्रमा उजुरी परेको छ ।

milsbery-_yDrowcJAaZ

त्यस्तै काठमाडौँ वर्ल्ड स्कुलले प्रयोग गर्ने आइ पि सी कार्यक्रम मन्त्रालयको अनुमति विना धनगढीको वाल्मिकी ईण्टरनेशनल  स्कुल, युरो स्कुल कोटेश्वर, ललितपुरको जेम्स स्कुल, टोखाको ज्ञान संस्कार ईण्टरनेशनल स्कुल, इम्पेरिअल वल्क स्कुल, संस्कृति स्कुल, हाडिगाउँको श्री शिव नर्सिङ शिक्षालयले बेलायतको ईण्टरनेशनल प्राइमरी करिकुलम (आइपिसी) अध्ययन गराउने गरेको छ । 

त्यस्तै शिक्षा मन्त्रालयबाट कक्षा ११ र १२ आइबी कक्षा पढाउने अनुमति पाएको ललितपुरको प्रिमियर स्कुलले मण्टेसरी देखि नै १० कक्षासम्म स्वीट्जल्याण्डको आइबी कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ पनि कानुन मिचेर अनुमति दिएको छ । शिक्षा ऐनमा विद्यालय तहमा विदेशी कार्यक्रम सञ्चालन गर्न रोक लगाएको भए पनि निजी विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारूपको पाठ्यक्रम भन्दा फरक सात वटा पाठ्यक्रम पढाई हुन्छ । IB_premier_2081_01_11_2nd_MWIOe6UpNg

ललितपुरको माछापुच्छ्रे, जिनियस, काठमाडौँ तीनकुनेको हिमालयन ह्वाइट हाउस, हातिगौडाको युरो स्कुल, टोखाको काठमाडौँ युरो स्कुल, सानो भर्‍याङको स्वस्ति श्री गुरुकुल, पोखराको फिस्टेल स्कुलले अवैध रूपमा आइबी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

machhapuchhre ib micro

त्यस्तै न्यूजिल्याण्डको थ्रिडी आई कार्यक्रम काठमाडौँ उपत्यका र बाहिरका ७० वटा निजी विद्यालयमा लागू भएको छ ।

3dस्वदेशी पाठ्यक्रम बाहेक ए लेभल, आइबी, सीबीएसई, आइबी, क्याम्ब्रिज, आइपिसी, थ्रिडी आई जस्ता विदेशी पाठ्यक्रमलाई फ्रेम वर्क भन्दै निजी विद्यालयमा कानुन विपरीत सञ्चालन भइरहेको छ ।

शिक्षा ऐनमा अनुमति विना विदेशी कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ । शिक्षा ऐनको दफा १६ को ढ मा अनुमति नलिई शैक्षिक परामर्श सेवा, विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन गर्न नहुने व्यवस्था छ । उपदफा १ मा भनिएको छ,‘अनुमति नलिई विदेशी मुलुकमा सञ्चालित कुनै शैक्षिक कार्यक्रम सञ्चालन पाउने छैन ।’ अनुमति नलिई कुनै शैक्षिक कार्यक्रम सञ्चालन गरेमा एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

 

यो पनि 

शिक्षा मन्त्रीको तजबिजमा चल्छन्, विदेशी कार्यक्रम चलाउने कलेज

एक्सक्लुसिभ : अवैध आईबी


अवैध आईबीमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

अबैध आईबी : कारबाहीको प्रकृया थाल्न शिक्षा मन्त्रालयको आनाकानी

धमाधम हटाउन थाले अवैध आईबीको लोगो
 आईबी पढ्न भर्ना शुल्क तीन लाख ३८ हजार, मासिक शुल्क ५५ हजार १

कानुनको अपव्याख्या गरेर प्रिमियरलाई आईबीको सम्बन्धन

अनुमति बिना विदेशी पाठ्यपुस्तक बजारमा छ्यापछ्याप्ती
विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्न निर्देशन
विद्यालय तहको विदेशी पुस्तक ५ सय प्रतिशत महँगो, शिक्षा मन्त्रालय बेखबर

स्वीकृती बिना विदेशी पाठ्यक्रम, शिक्षा मन्त्रालयको मौन समर्थन

 

प्रतिक्रिया