Edukhabar
शुक्रबार, १९ बैशाख २०८२
गतिविधि

विद्यालय कर्मचारीले घोषणा गरे सडक प्रदर्शन सहित आन्दोलनका कार्यक्रम

नेपाल शिक्षक महासंघ र सरकार बिच भएको सहमतीलाई धोकाको संज्ञा, आईतबारबाट शुरु हुने कक्षा १२ को परीक्षामा भने अवरोध नगर्ने तर, परीक्षा अवधिभर कालो पट्टी बाँधेर विरोध गर्ने

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं - नेपाल शिक्षक महासंघ र सरकार बिच भएको सहमतीलाई धोकाको संज्ञा दिदैं नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग पुरा गर्न सडक प्रदर्शन सहितका कार्यक्रम घोषणा गरेको छ । महासंघको अगुवाईमा भएको २९ दिने सडक प्रदर्शन अन्त्य गर्ने सहमतीको तेश्रो दिन शुक्रबार विहान पत्रकार सम्मेलन मार्फत् परिषद्ले आगामी जेठ नौ र १० गते काठमाडौंमा सडक प्रदर्शन गर्ने उल्लेख गरेको छ ।

विरोध कार्यक्रम आगामी आईतबारबाटै शुरु हुने छ । तर, सोही दिनबाट शुरु हुने कक्षा १२ को परीक्षामा भने अवरोध नगर्ने उल्लेख छ । परीक्षा अवधिभर कालो पट्टी बाँधेर विरोध गर्ने सहितका कार्यक्रम घोषणा गरेको छ ।

बानेश्वर, तीनकुने स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा गरिएको पत्रकार सम्मेलन बाट  परिषद्ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो  । महासंघका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी आन्दोलनका कार्यक्रम सहितको विज्ञप्ति पढ्नुहोस् :

karmachari_1karmachari_2

 

नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबर हुने गरी तलब निर्धारण गर्ने सहमती प्रति परिषद्ले विमती जनाएको छ । विद्यालय कर्मचारीलाई संघबाट १५ हजार, बाँकी दुई हजार तीन सय स्थानीयबाट, विद्यालय सहयोगीलाई संघबाट १० हजार र सात हजार तीन सय स्थानीयबाट दिने गरी सहमती भएको छ । 

पढ्नुहोस् : शिक्षक सडक प्रदर्शनको उपलब्धी : विद्यालय कर्मचारीको तलब १५ सय वृद्धि

देशभरका सामुदायिक विद्यालयमा झण्डै ३५ हजार कर्मचारी कार्यरत छन् । ती मध्ये लेखापाललाई ३२ हजार नौ सय दुई रुपैंया र सहयोगीलाई २६ हजार ८२ रुपैंया तलब हुनु पर्ने गरी महासंघको बैठकमा बटमलाईन तयार पारिए पनि सहमतीमा उक्त विषय नसमेटेको भन्दै परिषद्का नेताहरुले महासंघका नेताहरु प्रति कटाक्ष गर्दै आएका छन् । 

प्रतिक्रिया