Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश पढ्न जानु अघि परामर्श, शैक्षिक मेलामा गएर के फाइदा ?

बुधबार, ०४ साउन २०७४

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरि यस बर्ष पनि शैक्षिक मेला हुँदै छ । भोलि अर्थात् जुलाई २० देखि २३ (साउन ५ देखि ८ सम्म) भृकुटीमण्डपमा हुने मेलाको सबै तयारी पुरा भएको मेला आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जनाएको छ ।

मेलाको १ लाख धेरैले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा २ सय ३३ स्टलहरु तथा १७ वटा पेभेलियनहरु ९ठुला स्टलहरु० रहने छन् ।

विदेशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी शुरु यस्ता  मेलामा किन जाने ? मेलामा गएर फाइदा के ? लगायतका प्रश्न पनि मेलासँग जोडिएर आउने गरेका छन् । धेरै जनाको सहभागिता हुने भएकोले मात्र सो मेलामा सहभागी हुने हो त ?

यो मेला शिक्षा क्षेत्रको सबैभन्दा ठूलो मेलाको रुपमा स्थापित भइसकेको ईक्यानका अध्यक्ष प्रकाश पाण्डेको दावी छ । उनले मेलामा देशभरमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरु, स्वदेशी एवम् विदेशी शैक्षिक संस्थाहरु सहभागी हुने बताउँदै अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, भारतलगायत २० भन्दाबढी कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने बताए ।

‘विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जान चाहने विद्यार्थीले मेलामा आएर तिनीहरुबारे जानकारी लिन सहयोग पुग्छ ।’ उनले भने ।

विगत एक दशकदेखि हुँदै आएका यस पटकको मेला ११ औं संस्करण हो । यसले विद्यार्थीलाई विषय, मुलुक छनोट गर्नका लागि सहजीकरण गर्ने परामर्श ब्यवसायी दावी गर्छन् । यसका साथै एउटै स्थानमा, छोटो समयभित्रै विदेशी शिक्षा, शिक्षालय, शुल्क, सुविधासँगै त्यहाँ जान गर्नुपर्ने तयारीका बारेमा पनि मेलामा सहभागी हुन आएकाले थाहा पाउने ईक्यानका महासचिव सन्तोष प्याकुरेल बताउँछन् ।

'आफूले रोजेको विश्वविद्यालय तथा कलेजको ¥याङकिङ विश्वमा कस्तो छ ? शैक्षिक प्रणाली कस्तो छ ? भन्ने जिज्ञासाका साथ आएका विद्यार्थी र अभिभावकले उत्तर पाउने थलो मेलाको आर्कषण हो' उनले भने, 'त्यो जिज्ञासा पूरा गर्न पनि मेलामा आउनु उपयुक्त हुन्छ ।’

मेलामा विद्यार्थीले विभिन्न विश्वविद्यालयका प्रनिीधिहरुसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने, विदेश जान के गर्नुपर्छ र कस्तो कुरामा ध्यान दिनुपर्छ ? भन्ने प्रश्नको उत्तर पाउने सचिव उमेश ढुङ्लको भनाइ छ ।

‘विदेशका विश्वविद्यालयमा गएर पढ्दा लाग्ने शुल्क देखि उक्त विषयका फाईदा र स्कोपका बारेमा विद्यार्थी मात्रै हैन तीनका अभिभावकले पनि एकै ठाउाबाट बुझ्न सक्छन्' उनले भने, 'धेरै कन्सल्टेन्सी धाउँदा समयको क्षती हुन्छ, तर मेलामा आउँदा एकै ठाउँबाट धेरै कुरा थाह पाउन सकिन्छ ।'

विदेश पढ्न जान इच्छा राख्ने विद्यार्थीसँग सोको बारेमा केही ज्ञान छैन र यदि ऊ मेलामा आउँछ भने उसले कम्तीमा ३५ प्रतिशतसम्मको वैदेशिक शिक्षाबारे ज्ञान हासिल गर्न सक्ने इक्यान पदाधिकारीको दाबी छ ।

मेलामा सहभागी भएपछि विदेश अध्ययन गर्न चाहने विद्यार्थीहा लागि सम्बन्धित देशको वस्तुस्थिति, त्यहाँको शिक्षा नीति, अन्तर्राष्ट्रिय विद्यार्थीका भर्ना प्रक्रियाका विषय जानकारी लिन मेला राम्रो विकल्प बन्दै आएको अध्यक्ष पाण्डेले दोहोर्याउँदै मेलाले सम्बन्धित देशको वातावरण, हावापानी, संस्कृति एवम् त्यहाँको योग्यताको अन्तर्राष्ट्रियस्तरमा मान्यता एवम्, छात्रवृत्ति, नेपालमा भाषा शिक्षण, परीक्षा तयारी, पूर्व तयारी कक्षाहरु लगायत सम्पूर्ण विषयहरुको जानकारी एउटै थलोमा प्राप्त गर्ने सक्ने दावी गरे ।

यो पनि पढ्नुहोस् : विदेश पढ्न जाने विद्यार्थीलाई मेला

प्रतिक्रिया