Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

सीटीईभीटी निर्णय, आंगिकलाई प्राथमिकता

आइतबार, २९ साउन २०७४

काठमाडौं २९ साउन / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तीनवर्षे डिप्लोमा तह अध्ययन गराउन आफ्ना आंगिक शिक्षालयमा नयाँ कार्यक्रम थप गरेको छ ।

सीटीईभीटीको बिहीबारको १४७ औं बैठकले निर्माण पूरा भएको नयाँ शिक्षालयमा यसै वर्षदेखि पढाइ सञ्चालन गर्ने र पुराना शिक्षालयमा नयाँ कार्यक्रम थप्ने निर्णय गरेको हो ।

त्यसअनुसार धौलागिरि पोलिटेक्निक बागलुङ, रोल्पा पोलिटेक्निक, रत्नकुमार बान्तवा इलाम र सिन्धुली सामुदायिक टेक्निकलमा डिप्लोमा इन कृषि (पशुपालन) विषयमा पढाइ हुने भएको छ । रामेछाप पोलिटेक्निक तथा किसान प्राविधिक शिक्षालय स्याङ्जामा एग्रो फरेस्ट्रीमा बाली विज्ञान, गोरखा पोलिटेक्निक पालुङटार र जय किसान रौतहटमा सिभिल इन्जिनियरिङ, सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेज सर्लाहीमा नर्सिङ, काली गण्डकी बहुप्राविधिक शिक्षालय गजरकोट तनहुँमा फरेस्ट्री विषय सञ्चालन गरिने भएको छ । पूर्वाधार तयार भएका यी संस्थामा यस वर्षदेखि पढाइ सुरु गर्न लागिएको हो । यस्तै, स्याङ्जाको पूर्णामृत भवानी माविमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सीटीईभीटीले ६ आंगिक क्याम्पसमा विषय थप गरेको छ । स्कुल अफ हेल्थ साइन्स भरतपुरमा डेन्टल हाइजिन, ग्रामीण तालिम केन्द्र तनहुँमा बाली विज्ञान, लहान प्राविधिक शिक्षालयमा पशुपालन, भेरी शिक्षालय बाँकेमा सिभिल इन्जिनियरिङ, कोरिया नेपाल इन्स्टिच्युट रूपन्देहीमा रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ र कर्णाली प्राविधिक शिक्षालय जुम्लामा फरेस्ट्री विषय थपिएका हुन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया