Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

पढाइ छोडेर राहत संकलन गदै विद्यार्थीहरु

शनिबार, ०३ भदौ २०७४

काठमाडौं ३ भदौ /तराईका जिल्ला यति बेला ढुवानमा परेको छ । उनीहरुको पीडामा मलम लगाउन विद्यार्थीहरु पढाई छाडेर राहत संकलनमा लागेका छन् । विस्थापित भएकाहरुलाई राहत वितरण गर्न नेपाली युवा विद्यार्थीहरुको एउटा समुह देश तथा बिदेशमा क्रियाशिल भएको छ ।टुकेदर वी क्यान ब्रिङ द चेन्ज नामको संस्था नै स्थापना गरेर सप्तरी तथा चितवनका बाढी पीडितहरुका लागि राहत संकलन गर्न गरिरहेका संस्थाका अध्यक्ष निश्चल कार्कीले जानकारी दिए । काठमाण्डौ र अष्टेलियामा राहत संकलन भइरहेको उनले बताए ।

उनका अनुसार अष्ट्रेलियाबाट भारतीय नागरिक अक्षकयकुमारले ५ सय डलर,निश्चल कार्कीले २ सय डलर,समिर प्रसाई १ सय १ डलर,बबिन धमलाबाट ५१ डलर,सम्राट पौडेलबाट ५० डलर,कुमार गुरुङबाट ५० डलर,सन्तोष मल्ल ठकुरीबाट ५० डलर,शैलेस बाट २५ डलर र भुवन कार्किबाट ५० डलर संकलन भइसकेको छ ।यता काठमाण्डौ,चितवन,पोखरा,धरान,बुटवल लागयतका ठाउमा पनि राहत संकलन भइरहेको काठमाण्डौमा सकृय संस्थाका उपाध्यक्ष टुरुप संग्रौलाले जानकारी बताए । सप्तरीको केलाडीका ३ सय घर परिवार र चितवनमा राहत पु¥याउने तयारी भइरहेको उनले बताए ।

एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपालीले साथ दिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर अध्ययनलाई थाती राखेर राहत संकलनमा जुटेको काठमाण्डौमा बसेर पढ्दै आएकी धरान निवासी भूमिका कार्कीले बताईन । राहत संकलन अभियानमा नेपाल राष्ट्रिय माडवारी परिषद्बाट विभिन्न राहत सामग्री उपलब्ध गराएको छ । परिषद्बाट बाढी पीडीतहरुका लागि त्रिपाल, पाल, भाँडाकुँडा तथा विभिन्न प्राथमिक स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । परिषद्ले बाल्टिन ३ सय पिस, त्रिपाल ११ बण्डल, त्रिपाल १ रोल, औषधी १ कार्टुन सहयोग गरेको छ ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया